काठमाडौं । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ […]
समाचार
रवि, बालेन्द्र र कुलमान लक्षित ओलीको टिप्पणी – २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि […]
गृह मन्त्रालयबाट स्वीकृत भयो निर्वाचन प्रहरीको मापदण्ड
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि परिचालन गरिने निर्वाचन प्रहरीसम्बन्धी मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। मापदण्ड स्वीकृत भएसँगै निर्वाचन सुरक्षाका लागि अस्थायी रूपमा प्रहरी भर्ना प्रक्रिया सुरु हुने भएको हो। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति […]
नेपाल मुक्तक प्रतिष्ठान अध्यक्षमा कोनेको निरन्तरता
नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँको हिजो राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने […]
डा. रामजी रामले पनि लिए रास्वपाको समानुपातिकबाट नाम फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि फिर्ता लिएका छन् । ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ उनले फेसबुकमा लेखेका छन् । बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि उनले बताएका छन् । ‘म […]
भण्डारी र शर्मासँग गगन थापाले भने – बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ । कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई […]
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष ओझालाई कार्यकक्षमै दलियो मोसो
काठमाडौं । भ्रष्टाचार र चरम लापरबाही गरेको भन्दै डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कार्यकक्षमै मोसो दलिएको छ । कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले अस्पताल प्रशासनमा व्यापक अनियमितता गरेको, आर्थिक चलखेल र राजनीतिक हस्तक्षेप भएको भन्दै कालोमोसो दली जनकारवाही गरेको जनाएको छ। उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा अध्यक्ष ओझाले अस्पतालको स्वास्थ्य सेवा सुधारभन्दा व्यक्तिगत लाभ […]
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिले गरिन् ट्रम्पको दाबी खारेज
काठमाडौ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेकी छिन् । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो । मङ्गलबार कृषि–खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उनले भनिन्, “हामी जनताको साथमा […]
कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार, शेखर कोइरालाई ३ सिट
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो लगाएको छ । बुधबार बसेको कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको हो । कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ । नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई […]











