काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा […]
समाचार
समानुपातिक सांसद सिफारिस गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट […]
मनकामना दर्शन गरेर फर्किदै गरेको ईभी गाडी दुर्घटना, ७ जनाको मृत्यु
पोखरा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। १५ जना भारतीय नागरिक सवार उक्त गाडी दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एक जनाको थप उपचारका लागि भरतपुर रिफर […]
युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ
काठमाडौं । मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । […]
रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ३ जना घाइते
काठमाडौँ । रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न १२ बजे रोल्पाको रून्टिगढी गाउँपालिका-७ खाक्सिवन की निर्मला बुढाथोकीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनी ७ जना छिमेकीहरूसहित माटो लिन घरनजिकैको डाँडामा गएकी थिइन्। माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको खबर प्रहरीले प्राप्त गरेपछि ७ जनाको टोली घटनास्थल पुगेको […]
लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण
काठमाडौँ । मध्यपूर्वमा जारी तनावबीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो। लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्पमा गोला खसेको भनेर समाचार प्रकाशन गरेका छन्। घटनामा मानवीय क्षति […]
इरानी हमलाको तस्बिर र भिडिओ खिच्नेहरूलाई पक्राउ गर्दै युएई
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले गरेको हमला र उक्त हमलालाई त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले नष्ट पार्दै गरेको तस्बिर तथा भिडिओ खिचेर सार्वजनिक गर्नेलाई पक्राउ गर्न थालेको छ। इरानमा अमेरिका र इसराइलले हमला गरेपछि इरानले युएई लगायतका मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर ड्रोन र मिसाइल प्रहार गरिरहेको छ। हवाई हमला हुँदा […]
नयाँ इरानी सर्वोच्च नेतासहित १० जनाबारे सूचना माग्दै अमेरिकाद्वारा १ करोड डलर पुरस्कार घोषणा
काठमाडौँ । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईसहित इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का वरिष्ठ नेताबारे सूचना दिनेलाई १ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनामा आईआरजीसीका प्रमुख नेताहरूको गतिविधिबारे जानकारी उपलब्ध गराउने व्यक्तिलाई ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत इनाम दिने उल्लेख गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले ती […]
जेलेन्स्की र इरानका दिवंगत शाहका निर्वासित छोरा पहलवीबीच भेट
काठमाडौं । इरानका दिवंगत शाहका निर्वासित छोरा रजा पहलवीले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग भेट गरेका छन् । उनीहरू बीच फ्रान्सको राजधानी पेरिसमा भेट भएको हो । ६५ वर्षीय पहलवीले इरानमा अन्तरिम सरकारको नेतृत्व गर्न आफू सक्षम रहेको अभिव्यक्ति दिएका थिए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दावीमाथि सन्देह जनाएका छन् । इरान र रूस […]
सापसद्वारा “व्यथित काव्य सम्मान”को घोषणा
काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने भएको छ । कविहरु विमला तुम्खेवा र मीनकुमार नवोदित “व्यथित काव्य सम्मान २०८२”बाट समानित हुने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यसैगरी संघले “व्यथित काव्य डायसपोरा सम्मान २०८२”बाट कविहरु लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई सम्मानित गर्ने जनाइएको छ । सो निर्णय […]











