काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए। देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले […]
समाचार
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्रनु लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले समाचार लेखेकै आधारमा जनआस्थाका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्। फेसबुकमा एक पोस्ट सेयर गर्दै नेता कोइरालाले भनेका छन्, ‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्रनु लोकतन्त्रको लागि राम्रो संकेत होइन। पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस […]
सम्पादकीय : प्रेसको मुख थुनेर लोकतन्त्र सुरक्षित हुँदैन
विश्व प्रेस काउन्सिलका उपाध्यक्षसमेत रहेका प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको, सञ्चार सामाग्री कब्जामा लिइएको र सूचनाको श्रोत खोज्ने प्रयास गरिएको घटनालाई केवल एक पत्रकारको पक्राउका रूपमा बुझ्नु हुँदैन । यो घटना नेपालको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको राज्यको दृष्टिकोणसँग जोडिएको विषय हो। अझ, […]
रोल्पा पहिरो अपडेट : मृतकको सङ्ख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा गएराति गएको पहिरामा परि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। अविरल वर्षाका कारण माथिबाट आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको थियो। पहिरामा परेर थबाङ ५ की १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको थियो। उद्धारका […]
रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ घाइते
रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा राति आठ बजेर ४० मिनेटमा पहिरो झर्दा थबाङ गाउँपालिका-५ बस्ने वर्ष ६० का कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ती पुनमगरको मृत्यु भएको हो । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय […]
झन्डै ६ महिनापछि शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक […]
पक्राउ परेका पत्रकार श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?
काठमाडाैँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे। युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे। साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग […]
सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा ६ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा […]
सरकारी कार्यालयहरूमा अब निवेदनको ढाँचा एकै किसिमको हुने
काठमाडौँ । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउने जमर्को गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। यो मार्गदर्शनले विभिन्न सरकारी कार्यालयहरूमा […]
ग्यास अभावबारे सरकारलाई रुलिङ गर्न राष्ट्रियसभामा माग
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नुपरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखिएको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताइन् । साथै उनले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले कहिल्यै […]










