अरनिको पाँडेसहित ६ जनाले फिर्ता लिए रास्वपाको समानुपातिक उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल […]

काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस मापन भएको छ । […]

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ […]

भीमफेदी जिप दुर्घटना : १२ घण्टापछि ४ मृतकको पहिचान

हेटौंडा । काठमाडौं- हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार टाटासुमो जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । जिपमा ६ जना पुरुष, एक जना महिला, एक बालिका र एक […]

३५ बुँदे श्वेतपत्र जारी गर्दै बिदा भए राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेत

भक्तपुर । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी परिषदबाट विदा भएका छन्। भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय युवा परिषद्को केन्द्रीय कार्यालयमा आइतबार आयोजित भव्य विदाई समारोहबीच उपाध्यक्ष बस्नेतलाई विदाई गरिएको हो। परिषद्का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमका अनुसार कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि बस्नेत परिषदबाट औपचारिक रूपमा विदा भएका हुन्। विदाई समारोहलाई […]

अमेरिकी आक्रमणको बिरोध गर्दै मादुरो दम्पतीलाई सकुशल फिर्ता गर्न नेमकिपाको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दक्षिण अमेरिकी देश भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा विरोध र भर्त्सना गरेको छ। पार्टीको केन्द्रीय परिषद बैठकले सो सैन्य आक्रमणको बिरोध गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गर्न माग गरेको पार्टी सचिव प्रेम सुवालले वक्तब्यमार्फत बताएका छन् । सचिव सुवालद्वारा जारी प्रेस वक्तव्यमा अमेरिकाले […]

रास्वपामा ३३ जना केन्द्रीय सदस्य थप (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा थप सदस्यहरू मनोनीत गरेको छ । काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, विवेकशील साझा पार्टीसहितको एकतापछि रास्वपाले केन्द्रीय समितिमा नयाँ अनुहारहरू थपेको हो । आइतबार दिउँसो र साँझ बसेको पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले थप ३३ जना केन्द्रीय सदस्य थप गरेको […]

भारतको नयाँदिल्ली पुगे प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली गएको उनको सचिवालयले जनाएको […]

जाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो स्टेटमेन्ट दिएका छन् । आयोगको टोलीले ओलीलाई पत्र काटेको र पत्र बुझ्नासाथ उनी आफ्नो भनाई राख्न तयार भएको आयोगसम्बद्ध स्रोतले बतायो । ‘त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो ।’ स्रोतले भन्यो । आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएको थियो । […]

अतिरिक्त स्वास्थ्य सचिव बन्न दर्जन बढी डाक्टरको दौडधुप

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि दर्जन बढी कर्मचारीले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समिति सचिवालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन आह्वान गरेको थियो। अतिरिक्त स्वास्थ्य सचिव रहेका टंकप्रसाद बाराकोटीले कार्यकालको दुई वर्ष बाँकी रहँदै गत कात्तिक १९ मा पदबाट […]