काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ […]
समाचार
देउवा पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला आह्वान गरेको छ। आज बिपी स्मृतिमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा भएको हो। विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्। आज आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराए। उनले १५ औं […]
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक, सूचीसहित
काठमाडौं । मन्त्रिपरिषद् शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार दिउँसो बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू […]
बैंकिङ कसुर मुद्दामा फरार व्यवसायी शंकर अग्रवाललाई पक्राउ
काठमाडौँ । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले बताए । एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा […]
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले भोलि (बिहीबार)देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन् । यसअघि सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समयसीमा दिइएको भए पनि […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ […]
बागमतीमा एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
काठमाडौँ । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आजकै मितिदेखि लागू हुने गरी उनीहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन्। संयुक्त रूपमा राजीनामा दिएको पत्र मुख्यमन्त्री ईन्द्र बानियाँलाई दिइएको छ। बागमतीमा एमालेबाट ६ जना मन्त्री थिए। यहाँ कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार संकटमा परेको […]
चतार्फी बिरोध भएपछि सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर
काठमाडौँ । जनस्तरबाट चौतर्फी बिरोध भएपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लिएको छ । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत कर फिर्ता लिइएको जानकारी दिएका हुन् । शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै नागरिकस्तरबाट व्यापक विरोध भएको थियो । प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% […]
जानकी मन्दिर प्रवेशलाई लिएर विवाद, साम्पाङ समर्थक र विरोधीबीच तनाव
जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा मंगलबार श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तामाथि धपेडी भएको छ। पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेको जनाइएको छ। साम्पाङ जानकी मन्दिरमा दर्शन गर्न जनकपुर आउने कार्यक्रम रहेकाले उनी आउनुअघि स्वागतका लागि पुगेका नेता तथा कार्यकर्तामाथि उक्त घटना भएको हो। हिन्दु सम्राट सेनाले […]
रोपाइँ चलिरहेकै बेला आएको पहिरोले सात रोपनी खेत बगायो, आधा दर्जन किसान घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला एक्कासि पहिरो जाँदा आधा दर्जन किसान घाइते भएका छन्। स्थानीय किसान नोमराज भट्टको खेतमा सोमबार रोपाइँ चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई करिब ७ देखि ८ सय मिटर तल जंगल क्षेत्रमा पहिरोबीचबाट उद्धार […]










