धनगढी । घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका साथै हत्यामा संलग्न भनिएका […]
समाज
मेयरको हत्या आरोपमा सहरका सबै प्रहरी गिरफ्तार
काठमाडाैं । मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर गोली हानी हत्या गरेका थिए । जुलाई १ तारिखदेखि मेक्सीकोमा आम निर्वाचन हुँदैन । सेप्टेम्बरदेखि यहाँ एक सय २० नेताको हत्या भइसकेको छ […]
देशभर पहिराे र पानीकाे सकस सुरु
काठमाडाैं, १२ असार । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । प्रहरीका अनुसार, चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा समेत पहिरो झरेको छ । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार […]
एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव […]
साइरन बजाउँदै सडक हिड्ने एम्बुलेन्सका चालक धमाधम मापसे कारवाहीमा
काठमाडौं, १२ असार । व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे । तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा […]
सिन्डिकेट तोड्ने सरकारको लोकप्रिय नारा मात्र, न सिन्डिकेट तोडियो, न त अराजकता रोकियो
काठमाडौ, १२ असार । २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा […]
मेलम्चीको पानी कथा मात्रै, मेलम्ची अघि नै बाग्मतीको पानी घरघरमा वितरण गर्ने तयारी
काठमाडाैं, १२ असार । काठमाडौंबासीले यही असरादेखि नै बाग्मतीको पानी उपभोग गर्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो । तर, यो मेलम्चीको नभई बाग्मतीको पानी हो । सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको […]
नेपालमा ४५ हजार एनजीओ अवैध
काठमाडौं, १२ असार । मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् । हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ । परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । […]
महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको […]
अखिल क्रान्तिकारीको कैलाली संयोजकमा बबरजङ चयन
धनगढी । अनेरास्ववियु (क्रान्तिकारी) को कैलाली संयोजकमा बबरजङ सिंह चयन भएका छन् । आइतबार बसेको जिल्ला समितिको बैठकले सिंहको संयोजकतत्वमा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । त्यस्तै बैठकले रमेश साउदलाई सहसंयोजक चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको बैठकले यही असार ३० गते संगठनको जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको […]










