नेपाल आइडललाई राउटेको ढाका टोपी

भीमदत्तनगर, १० चैत । गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आउनुभएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुगेका छन। कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आउनुभएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी जनायका छन । यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड […]

९ महिनामा २२६ जना विरुद्ध सरकारले लगायो आर्थिक अपराधको मुद्दा

काठमाडौँ, ९ चैत । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेपछि आर्थिक अनियमितता नियन्त्रणमा आफूलाई केन्द्रित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत काम थालेको नौ महीना अवधिमा […]

नेपालभित्रै छिरेर नेपालीमाथि भारतीय एसएसबीले मच्चायो यस्तो ज्यादति, सरकार चुप

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताए । “वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय […]

मल्लको उपचारका लागि १ महिनाको पारिश्रमिक-भत्ता सहयोग गर्ने सेजुवालको घोषणा

काठमाडौं । कालिकोटको पचाल झरण गाँउपालिकाका अध्यक्ष खडकराज सेजुवालले दुबै मृगौला फेल भएर अस्पताल भर्ना भएका जाजरकोटका युवा कालीबहादुर मल्लको उपचार सहयोगका लागि आफ्नो एक महिनाको तलब र भत्ता सबै दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भावुक स्टाटस लेख्दै सेजुवालले जनयुद्धकालीन योध्दा दुबै मृगौलालाले काम नगरि छट्पटिरहेको खबरले असाध्यै पीडाबोध भएर सहयोगको […]

अब सडक बिस्तार गर्दा नागरिकको निजी सम्पत्तिलाई पहिले मुआब्जा दिनुपर्ने

काठमाडाैं । सर्बोच्च अदालतले गैरन्यायिक सडक बिस्तारका सम्बन्धमा नेपाल सराकरले गरेकाे पुनरावलोकनको निवेदन खारेज गरेको छ । सर्वोच्चले यसअघि काठमाडाैंका सडक विस्तार परियाेजनाका पीडितका सम्बन्धमा पूर्ण इजालसबाट गरेको फैसलालाइ सरकारले पुनरावलाेकन गर्न माग गरेकाे थियाे ।  सरकारकाे पुनराबलाेकन मागलाइ सर्वाेच्चकाे पूर्ण इजलासले खारेज गरेकाे हाे । बिहीबार न्यायाधिश मिरा खड्का, विश्वभर प्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा, […]

आजदेखि कोरियाली भाषा परीक्षा आवेदन दिन सुरु

काठमाडौँ, ८ फागुन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई […]

पालुङटारमा कुकुर र चितुवाबीच घमासान लडाइँ अन्ततः दुबैको मृत्यु

गोरखा, ७ चैत । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । “बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उनले भने, “चितुवा र एउटा कुुकुर मृत […]

अपहरण गरी ९ लाख लिएर फरार भएका व्यक्ति ६ वर्षपछि पक्राउ

बाँके, ७ चैत । प्रहरीले अपहरणमा संलग्न अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय निजामुद्दिन साईलाई पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गरी साई रु नौ लाख फिरौती लिएर फरार रहेका थिए । मुन्नु भने अझै बेपत्ता छन् । साईलाई बाँके जिल्ला अदालतले नौ […]

तीन जना कार्टुनिष्टले पाए ‘बराथा स्मृति सम्मान’

काठमाडौँ, ७ चैत । नेपाल कार्टुनिष्ट क्लबले तीन व्यङ्ग्यचित्रकार (कार्टुनिष्ट)लाई ‘बराथा स्मृति सम्मान’ र प्रदान गरेको छ । कार्टुनमार्फत समाजमा पु¥याएको योगदानको मूल्यङ्कन गर्दै आज राजधानीमा आयोजित ‘बराथा स्मृति सम्मान तथा स्वर्ण कुचिकलम समर्पण’ समारोहमा कार्टुनिष्टत्रय दुर्गाप्रसाद बराल ‘वात्सायान’, मोहनश्याम महर्जन र धीरेनकुमार दाहाल ‘डिकेड’लाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनीहरुलाई संस्कृतिविद् सत्यमोहन […]

ग्रामीण स्वास्थ्यकर्मीहरुको राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, ७ चैत । दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन यही चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्ष्टिच्यूटद्वारा हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा सातै प्रदेशबाट १२५ जना स्वास्थ्यकर्मीको सहभागिता रहने छ । ग्रामीण क्षेत्रका प्रभाव भैराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल, […]