विद्यार्थी नेता मल्लको उपचारका लागि कुशे गाउँपालिकाद्वारा ५ लाख सहयोग घोषणा

काठमाडौं । दुबै मृगौला फेल भएर राजधानीको किडनी अस्पतालको आइसियुमा भर्ना गरिएका विद्यार्थी नेता कालीबहादुर मल्लको सहयोगका लागि जाजरकोटको एक गाउँपालिकाले सहयोग गर्ने घोषणा गरेको छ । जाजरकोटको कुशे गाउँपालिकाले मृगौला पीडित विद्यार्थी नेता मल्लको उपचारको लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । कुशे गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले पीडितका परिवारलाई सो जानकारी गराएका […]

बारुणयन्त्रको २४ सै घण्टा व्यवस्था गर्न निर्देशन

काठमाडौँ, ७ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई छबुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन […]

ललितपुरको पूर्णचण्डी मन्दिरमा लक्षाहुति यज्ञ गरिने

  ललितपुरको गाःबहालस्थित प्राचीन पूर्णचण्डी मन्दिर प्राङ्गणमा श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ तथा देशमा शान्ति र कल्याणका कामनाका गर्दै आगामी चैत्र १० गते आइतबारदेखि १६ गते शनिबारसम्म हुने भएको छ । उपाकर्म गुठी ललितपुरअन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ आयोजक समितिको आयोजनामा उपत्यकाका आदिवासी कौलिक देव ब्राह्मणहरूको सक्रियतामा उक्त यज्ञ हुन […]

तराई–मधेशमा हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम, ७ चैत । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । […]

कर्णाली करिडोरको बाजुरा खण्डमा यातायात सञ्चालन

बाजुरा, ७ चैत । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा बिहीबारदेखि यातायात सञ्चालन गरिने भएको छ । जिल्लाको महत्वपूर्ण मार्गका रूपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र […]

अवैध कार्य गर्ने होटल सञ्चालक पक्राउ

लहान, ७ चैत । होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो । होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको […]

मुगु सोराङ्ग लेकमा ठूलो हिमपहिरो जाँदा एकै व्यक्तिका १७ चौरी मरे

मुगु, ६ चैत । हिमपहिरोमा परेर मुगुमा ठूलो संख्यामा पुवा गाउँवासीका चौरीहरु मरेका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाको सोरुङ्ग भन्ने लेकमा हिमपहिरो गएको हो । कार्मारोङमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका वार्ड नं. ६ पुवा गाउँका कोन्जोक छेवाङ तामाङ १७ चौर मरेका छन् । छेवाङले सोरुङ्ग लेकमा चराउनका लागि चौरी लगाएका थिए । हिमपहिरोले परेर […]

सिंहसार्थवाह, फागुपर्व र चीरसँग जोडिएको आख्यान

काठमाडौ । आख्यान अनुसार राजा गुणकामदेवको कुलमा जन्मेका सिंहसार्थवाह नामका प्रख्यात ब्यापारी पाँच सय व्यापारीका साथ तिब्बत ब्यापार गर्न गएछन् । फर्किने क्रममा घनघोर अनकन्टार ठाउँमा निकै राम्री राम्री युवतीहरु देखे । प्रेम जालमा फसेका ब्यापारीहरुको युवतीहरुले पनि निकै सेवा गरे । प्रेममा मग्न ब्यापारी सबै तरुनीको चक्करमा फसे तर सिहसर्थवाहलाइ राति आर्येव्लोकेश्वोर करुणामयले सतर्क […]

दुबै मृगौला फेल भएपछि विद्यार्थी नेता मल्ल आइसियुमा

काठमाडौं । अखिल क्रान्तिकारीका पूर्व नेता केबी मल्ल गम्भीर विरामी भएका छन् । दुबै मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय […]

प्रज्ञा प्रतिष्ठानमा विप्लपुरुषमाथि बिमर्श

काठमाडौं, ५ चैत । महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रयासहरु भइरहे पनि भ्रष्टाचार नघटेको उनी बताउँछन् । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]