सिंहसार्थवाह, फागुपर्व र चीरसँग जोडिएको आख्यान

काठमाडौ । आख्यान अनुसार राजा गुणकामदेवको कुलमा जन्मेका सिंहसार्थवाह नामका प्रख्यात ब्यापारी पाँच सय व्यापारीका साथ तिब्बत ब्यापार गर्न गएछन् । फर्किने क्रममा घनघोर अनकन्टार ठाउँमा निकै राम्री राम्री युवतीहरु देखे । प्रेम जालमा फसेका ब्यापारीहरुको युवतीहरुले पनि निकै सेवा गरे ।

प्रेममा मग्न ब्यापारी सबै तरुनीको चक्करमा फसे तर सिहसर्थवाहलाइ राति आर्येव्लोकेश्वोर करुणामयले सतर्क गराउँदै भनेछन्- `ती सुन्दरीहरु यक्षणी, राक्षसनी हुन् । तीबाट बच्न नेपाल आउने बाटोमा पर्ने समुद्र छेउ सेतो घोडा हुनेछ । समुद्र तर्ने बेला ती यक्षणीको मायाजालमा परि जतिसुक्कै बोलाए पनि फर्केर नहेर्नु ।”

उक्त कुरा सिहसार्थबाहले साथीहरुलाइ पनि बताए । तर समुद्र तर्ने बेलामा ती युवतीहरुले करुणापूर्वक आवाज दिँदै बोलाउन थाले । मन थाम्न नसकी पछाडि फर्केर हेर्दा एक एक गर्दा गर्दै बनिया साथीहरु समुद्रमा खसे र यक्षणीको आहारा बने । ती मध्ये सिहसार्थवाह भने फर्केर हेरेनन । सकुशल फर्किन सकेका सिहसार्थबाहले आफूसँगै एउटी रुपवती यक्षणी लिएर आए । अत्यधिक सुन्दरी एक यक्षणी बात मनमोहित हुँदै तत्कालिन राजा सिंह केतुले यक्षणीलाई दरवारमै रखौटीको रुपमा राखिदिए । तर यक्षणी परिवर्तन भएन ।

आफ्ना साथीहरु समेत दिव्यशक्तिले दरवारमा बोलाई एक एक गरी राजा सहित दरवारका मान्छे खाएर सकाए । यस्तो बिभत्स स्थिति सुनी सिहसार्थबाह शंखस्य नगरी (हालको बिशाल नगर) दरवार पुग्दा अवलोकेश्वोरको प्रभावको कारण यक्षणीहरु भागाभाग गर्न लागे । मान्छे खाने यक्षणी बात सबैलाई मुक्त गराएको कारण प्रभावित भइ सम्पूर्ण जनताले सिहसर्थबाहलाई राजा घोषणा गरे । यही खुशियालीमा प्रत्येक बर्ष वसन्तपुर गद्दी बैठक संगै रंगी बिरंगी ध्वजा सहित चीर उठाई हर्सोउल्लास गरि सप्ता ब्यापी फागु मान्ने गरिन्छ । पुर्णिमाका राती रक्षसनिको प्रतिक तुड़ीखेलमा लागि चीर दहन गरिने परम्परा रहिआएको छ ।  

 

 

नेपाल मण्डल सम्पदाबाट