ट्राफिक डिआइजी नै भन्छन : उपत्यकाको ट्राफिक व्यवस्थापन धान्नै नसकिने भयाे

भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गइरहेको बताए । ट्राफिक ब्यवस्थापन राजधानीको […]

यातायातका लेखापालले ६१ कराेड भ्रष्टाचार गरेकाे खुलासा, लेखापाल पक्राउ

काठमाडाैं, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री […]

बार्सिलोना छाडेर निवेल्स क्लबबाट फुटबल खेल्न चाहेको मेसीको खुलासा

एजेन्सी । बार्सिलाेनाबाट व्यवसायिक फुटबलमा जमिरहेका अर्जेन्टेनी स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनापछि अाफ्नाे पुरानाे क्लबमा फर्कन चाहेकाे बताएका छन् । उनले बार्सिलाेना छाडेपछि ‘निवेल्स ओल्ड ब्वाइज’ क्लबबाट खेल्ने सपना रहेकाे बताए । ‘म अझै पनि नेवेल्र्सबाट खेल्न चाहान्छु र त्यो मेरो सपना पनि हो’ भावुक मेस्सीले भने, ‘तर कहिले फर्कन्छु त्यो तत्काल भन्न सक्ने स्थितीमा म […]

परेवा, मुसादेखि जंगली जनावर घरमा पाल्नेहरुमाथि सिअाइबीकाे कडा निगरानी

काठमाडाैं, २४ कार्तिक । तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला। राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। गैरकानुनी तरिकाले वन्यजन्तुको चोरी शिकारी, गैंडाको खाग बेच्नेलगायत […]

लसुन सिरानी मुनि राखेर सुतेमा यस्ता हुन्छन फाइदै फाइदा

लसुन भान्साको एक महत्वपूर्ण अंग हो । सामान्य दाल, भात तरकारी होस वा कुनै विशेष परिकार, स्वाद निकाल्नका लागि लसुनको प्रयोग गरिन्छ । लसुन स्वादका लागि मात्र होइन, यसको छुट्टै अन्य गुण पनि छन् । लसुनलाई जडिबुटीका रुपमा पनि लिइन्छ । यदि लसुनलाई राती सुत्दा सिरानी मुनि राखेर सुत्यो भने धेरै कुरा फाइदा हुने एक […]

पत्रकार चाैधरी ‘जोखन-जगत रत्गैया’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

धनगढी, २२ कार्तिक । थारु पत्रकार संघ नेपालले जोखन-जगत रत्गैया पत्रकारिता पुरस्कार पत्रकार कालिमैया चौधरी ‘उन्‍नती’लाई प्रदान गरेको छ । संघको हालै सम्पन्‍न छैठौं साधारण सभाबाट उक्त पुरस्कार प्रदान गरेको हो । जोखन रत्यैया थारुले २०२८ सालमा थारु भाषाको पहिलो पत्रिका ‘मुक्तिक डगर’ प्रकाशन सुरु गरेका थिए । त्यसैगरी जगत रत्यैया थारुले ‘त्रासन’ नामक थारु […]

उम्मेदवारका घरमा समेत चुनाव खारेजीका नारा

प्युठान, २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्‍नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् ।  नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्‍यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए […]

द्वन्द्वका बेला याैन हिंसाकाे शिकार भएकाहरुकाे अावाज उठाउन बन्याे राष्ट्रिय सञ्जाल

काठामाडाैं । द्वन्द्वका बेला यौन हिंसाका शिकार भएका महिलाहरुले आफ्ना अधिकारमा आवाज बुलन्द बनाउन द्धन्द प्रभावितहरुको राष्ट्रिय सञ्जाल सहज गठन गरेका छन् । चितवनको सौराहमा ६ दिनसम्म द्धन्द प्रभावित ११ जिल्लाका ८० प्रभावित महिलाहरुको भेलाले सो सञ्जाल गठन गरेका हुन् । उनिहरुले त्यो अवस्था र अहिलेका बेला आफुहरुले भोगिरहेको समस्या र अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी […]

धान भित्र्याउनै लाग्दा परेको असिनाले गर्यो तीन करोडको क्षति

नुवाकोट, २१ कार्तिक । धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा तीन करोडको क्षति भएको छ । गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । […]

४४ हजारले निर्वाचनको पर्यवेक्षण गर्ने

काठमाडौँ, २१ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील […]