हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति

काठमाडौँ, १८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम […]

बारा पर्सामा पठाइयो ‘वाटर एम्बुलेन्स’

काठमाडौँ, १८ चैत । हावाहुरी प्रभावित बारा र पर्सामा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी एम्बुलेन्स पठाएको छ । हावाहुरी, आँधीले क्षति पु¥याएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशनअनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी […]

देशैभरिबाट १४६ कुष्ठरोगीको पुनर्स्थापना

काठमाडौँ, १८ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बारा, पर्सा, नुवाकोट, चितवन र काठमाडौँलगायत देशैभरिबाट १४६ कुष्ठरोगीको पुनस्र्थापना गरेको छ । करीब ८० जना अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई समेत पुनस्र्थापना गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइ । अपाङ्गता भएका व्यक्तिलाई दुई हजार ४६४ थान सहायक सामग्री उत्पादन र वितरण (हालसम्म) गरिएको सहसचिव […]

दुई मिनेटको हावाहुरीले तराईमा ढले २ हजार पोल

काठमाडौं, १८ चैत । आइतबार साँझ २ मिनेट आएको भयानक हावाहुरीले सबैभन्दा ठूलो क्षति बारा जिल्लामा पु¥याएको छ । हावाहुरीले बारामा मात्र २७ जनाको ज्यान गएको छ । हावाहुरीका कारण तराईका विभिन्न जिल्लामा गरी २ हजार विद्युतका पोल ढलेका छन् । नेपाल विद्युत प्राधिकरणले कलैया वितरण केन्द्र अन्तर्गत मात्रै एक हजारदेखि १५ सयसम्म विद्युतका पोल […]

हावाहुरीबाट मृत्यु हुनेका परिवारलाई जनही ३ लाख दिने प्रदेश सरकारको घोषणा

काठमाडाैं, १८ चैत । हावाहुरीका कारण ज्यान गुमाएकाका परिवारलाई प्रदेश नम्बर २ सरकारले रातहस्वरूप तत्काल जनही तीन लाख रुपैयाँ दिने घाेषणा गरेको छ। सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को आपतकालीन बैठकले उक्त निर्णय गरेको हो। प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि पहल गर्ने निर्णय भएकाे छ। […]

टेन्डर विवादले नगर कार्यालयमा ढुंगामुढा प्रहार, प्रहरीसहित ३ गम्भीर घाइते

रुकुम, १७ चैत । रुकुमकाे आठबीसकोट नगरपालिकाकाे कार्यालयमा ढुङ्गामुढा भएकाे छ । ढुंगामुढा प्रहार हुँदा दुई जना नगर प्रहरीसहित तीन जना घाइते भएका छन्। आइतबार टेन्डर दरखास्तको विषयमा विवाद चर्किएपछि ढुंगामुढासम्म पुगेकाे हाे । नगरपालिकाले ५० लाखको गिजागाड खोलामा तटबन्डन निर्माण गर्ने र ३५ लाखको राडी देखी घारीखोलासम्म सडक स्तर उन्नतीको लागि बोलपत्र आह्वान गरेको […]

अपडेट: साँझपख आएको भयानक हावाहुरी, बारामा मात्र २५ को मृत्यु ४०० बढी घाइते

बारा, १७ चैत । आइतबार साँझपख भयानक हावाहुरी आउँदा तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति हुन पुगेकाे छ । हावा हुरीले बारामा मात्र २५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म २१ जनाको शव फेला परेको र बाँकीकाे खबर आउन बाँकी रहेकाे जनाएका छन्।  साँझपख एकाएक असिना र पानीसँगै आएको हावाहुरीले […]

मानिसलाई मालमा बदलेर पैसासँग तौलिने भयानक दुर्दशामा समाज

हामी त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ पुरानो कुरा मरिरहेको छ तर नयाँ जन्मिन सकिरहेको छैन । – एन्टोनियो ग्राम्सी इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले निकै अघि मरुभूमिकरण हुँदै गइरहेको मानवीय सभ्यता र बाँझो हुँदै गइरहेको सिर्जनशीलताप्रति माथिको कथनमार्फत गम्भीर चिन्ता प्रकट गरेका थिए । सिङ्गो ब्रम्हाण्ड नियमित गतिमा छ र समाज पनि निरन्तर गतिशील हुुनुपर्छ […]

ओखलढुंगामा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु, घाइतेको पहिचान खुलेन

ओखलढुंगा, १७ चैत । ओखलढुंगामा भएको स्कारपियो दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै सनाखत भएको छ। घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा […]

यौनवर्द्धक औषधिसहित चार पक्राउ

सुरुङ्गा, १७ चैत । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका […]