हुम्ला । सुर्खेत र नेपालगन्जबाट हुम्लाको लागि उडान भर्ने निजी एयरलाइन्सले भाडादर नमिलेको भन्दै भाडादर कायम गराएका छन । जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले निजी एयरलाइसका प्रतिनिधी र हुम्लाबासीबीच ७ बुद्धे लिखित सहमती भएको हो । निजी एयरलाइन्सका कर्मचारी, जिल्लाका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगायतको सर्बपक्षीय सहभागितामा यो सहमति भएको […]
समाज
सांसद नविना लामासहित पाँच नेतृले खोले कपडा समेत बेच्ने रिमठिम रेस्टुरेन्ट
काठमाडौँ । सांसद नविना लामासहित अनेरास्ववियुका पाँच नेतृ मिलेर काठमाडौंमा नयाँ रेस्टुरेन्ट खोलेका छन् । सहरमा विस्तारै रेस्टुरेन्ट कल्चर बढ्दै गएका बेला राजनीतिमा लागेका महिलाहरु मिलेर नयाँ रेस्टुरेन्ट खोलेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा खुलेको हिमालयन रिमठिम नामको उक्त रेस्टुरेन्टमा कपडा समेत बिक्री गरिने बताइएको छ । नयाँ बानेश्वरको संसद् भवन विपरित मीनभवन चोकमा रहेको […]
सगरमाथा सफाइमा गएको टोलीले भेट्यो तीन अलपत्र शव, १९५ शव अझै हराइरहेको दावी
काठमाडौँ, १५बैशाख । सगरमाथा सफाइमा पुगेको टोलीले तीनवटा अलपत्र शव फेला पारेको छ । संघीय सरकार र स्थानीय तहको पहलमा सगरमाथाको सरसफाईमा एक टोली पठाइएको छ । सोही टोलीले उक्त शव फेला पारेको हो । सगरमाथाको दोस्रो क्याम्प, चुचुरोनजिक साउथकोल र ल्होत्से हिमालको टुप्पोनजिक एक एक वटा शव भेटिएको बताइएको छ । नेपाल पर्वतारोहण संघका […]
बिदेशको राम्रो कमाइ छोडेर कृष्ण पाडाफार्ममा आकर्षित , युवाले उनीबाट सिक्नुपर्नेमा मेयर खड्काको जोड
सर्लाही, १४ बैशाख । वैदेशिक रोजगारीको लागि लाखौं युवाहरू म्यानपावरको चक्कर लगाइरहेको अवस्थामा सर्लाहीका एक युवा भने आफ्नै गाउँमा स्वउद्यम तर्फ आकर्षित भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर दुई जुटपानीका एक युवा बैदेशिक रोजगारीलाई बाई बाई गर्दै आफ्नै गाउँमा पाडा फार्म तिर आकर्षित भएका हुन् । झन्डै एक दशक बैदेशिक रोजगारीमा होमिएर ड्राईभिङ्ग […]
खुल्लामञ्च बेचेर बनाइएका संरचना भत्काउन निर्देशन
काठमाडौं, १४ बैशाख । नक्कली कागजपत्र तयार पारेर बेचिएको खुल्लामञ्चका संरचना भत्काइने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चको जग्गामा निर्माण भएको संरचनाको विषयमा अनुगमन गर्न उपमेयर हरिप्रभा खड्गीलाई पत्र लेखेका छन । कामपा अनुगमन समितिको संयोजकसमेत रहनुभएका उपमेयर खड्गीलाई गएको चैत २४ गते सम्पन्न नगरसभाको बैठकमा खुला मञ्चको जग्गाको विषयमा अनुगमन गर्न […]
शैलुङ्गलाई नमूना पर्यटन क्षेत्र बनाइदै
दोलखा । शैलुङ्ग क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित प्रथम शैलुङ्ग महोत्सवको आयोजना गरिएको छ । शैलुङ्गलाई देशकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ यही वैशाक १३, १४ र १५ गते शैलुङ्ग महोत्सवको आयोजना गरिएको हो । ऐतिहासि, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भएपनि शैलुङ्गमा विकासको गति अगाडि बढन सकेको छैन् । […]
नक्कली कागज देखाएर २ सय नेपाली ठग्ने गुरुङ बैंककमा पक्राउ
काठमाडौं, १४ बैशाख । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं […]
घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्कर
जनकपुरधाम, १४ बैशाख । सीमा क्षेत्रमा पछिल्लो समय तस्करी निकै बढेको छ । तस्करहरुले कर्मचारीलाई घरेलु हतियार देखाएर तर्साउने समेत गरेका छन् । सशस्त्रको टोली टोली र भन्सार कर्मचारीको निरिहताका कारण तस्कर सल्बलाइरहेको स्थानीय व्यापारी बताउँछन । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । […]
भुकम्पपछि चार वर्ष बित्दा पनि ३४ प्रतिशत मात्रै स्कूल बने
सिन्धुली । सिन्धुली जिल्लामा भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम आधा पनि सकिएको छैन् । चार वर्षअघिको भूकम्पबाट भत्किएका विद्यालयको पुन निर्माणमा ढिलाइ हुँदा सामूदायिक विद्यालयका विद्यार्थीहरु अझै पनि अस्थायी टहरा र भग्नावशेष भवनमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ साल बैशाख १२ […]
अख्तियारले समात्यो अर्को सानो माछा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालय सहयोगीलाई समातेको छ । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरी समातिएका हुन् । सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस खाएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । अख्तियार दुरुपयोग […]











