सरकारी स्वास्थ्यकर्मीको तलब अहिले पाइरहेकाेबाट २ सय ५० प्रतिशतले बृद्धि

काठमाडाैं, ३ फागुन । सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ । निजामती कर्मचारीको जस्तो सेवा–सुविधाका आधारमा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २ सय ५० प्रतिशतसम्म वृद्धि गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयद्वारा गठित उपसमितिले सुगममा ५० र दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीको हकमा २ सय ५० प्रतिशतसम्म […]

गुफाको प्रचार गरी पर्यटक तान्ने गाउँको योजना

होलेरी, २ फागुन । शिवरात्री पर्वका अवसरमा रोल्पाको गैरास्थित शिव पार्वती गुफामा मेला सम्पन्न भएको छ । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको सम्भावना बढेको भन्दै यसको प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । समयानुसार अपेक्षाकृत रुपले […]

स्कूलका प्रअले गरे आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, बालिकाको रहस्यमय मृत्यु

काठमाडौ, २ फागुन । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको अनामनगरमा रहेको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो आवाज उठाएका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको […]

चट्याङमा परी २२ सैनिक घाइते, ५ जना सिकिस्त

बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । बानियाँले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, […]

बौद्धिक सम्पत्तिको कानुन बन्ने पक्का

काठमाडाै, २९ माघ । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माणको औपचारिक प्रक्रिया बल्ल सुरु भएको छ । झन्डै एक दशकदेखि बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरिएको भए पनि यसले औपचारिकता भने बल्ल पाएको हो । सरकारले औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि उद्योग मन्त्रालयले नयाँ कानुन निर्माणको प्रक्रिया सुरु […]

वलिउड नायक अभिषेकको फेसबुक र इन्स्ट्राग्राम टर्किस साइबर आर्मीले गर्यो ह्याक

काठमाडौं, २९ माघ । अभिनेता अभिषेक बच्चनको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट पनि ह्याक भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयअघि अभिषेकको ट्विटर एकाउन्ट ह्याक भएको थियो । उनको ट्विटर एकाउन्ट आफूलाई टर्किस साइबर आर्मी भन्ने ह्याकरले ह्याक गरेको थियो । ह्याकरले अभिषेकको एकाउन्टबाट तुर्की सेना र योद्धाको पक्षमा ट्विट गर्ने गरेको थियो । […]

अक्षकुमारसँग मस्त नागिन नायिका

काठमाडौं, २९ माघ । टेलिभिजनकी चर्चित अभिनेत्री मौनी राय अक्षयकुमारका साथ गोल्ड फिल्मबाट बलिउडमा पाइला राख्दै छिन् । उनी आफ्नो डेब्यु फिल्मप्रति निकै उत्साही छिन् । पत्रकारले उनलाई गोल्डमा उनको भूमिकाबारे सोध्ने गरेका छन् । तर, उनले फिल्मको डबिङ सुरु नभइसकेकाले आफूले कस्तो अभिनय गरेँ भन्ने समेत भेउ नपाएको बताउने गरेकी छिन् । ‘अहिलेसम्म फिल्मको […]

सरकारले गर्यो प्राविधिक विद्यालय थप नगर्ने निर्णय

काठमाडाैं, २९ माघ । शिक्षा मन्त्रालयले प्राविधिक विद्यालय थप नगर्ने भएको छ । कक्षा १२ सम्मको विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको र कार्यक्रम तथा बजेट नभएका कारण मन्त्रालयले नयाँ प्राविधिक विद्यालय थप नगर्ने भएको हो । शिक्षा विभागका निर्देशक केशव दाहालले प्राविधिक कक्षा थप गर्न माग धेरै आए पनि नयाँलाई स्वीकृति दिन नसक्ने […]

जापानी राजकुमारीको विवाह दुर्इ वर्ष सारिएपछि जापानमा ठूलो चर्चा

टाेक्याे । जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत ढंगले इन्गेजमेन्ट […]

चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै

काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित […]