पाटनमा लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्राईयो , ७ दशकपछी तीन गुथियारले बोके शक्तिको प्रतिक तीन खडग

असोज २६, ललितपुर ।    देशैभरी मोहनी नख:  ( बडा दशैँ )   को शुरुवात तथा फुलपाती भित्रीदैं गर्दा ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मंगलवारका दिन मू छें आगंम घरबाट मूलचोकमा अवस्थित मू छें माजुको देवालयमा शक्तिको प्रतिक तीन खडग ७ दशकपछी तीन गुथियारहरुले बोकेर भित्राईएको छ । स्थानिय भाषामा “द्यो: क्वहाँ बिज्याकेगु” […]

पिङ थाप्ने क्रममा लड्दा मकवानपुरमा एक जनाको ज्यान गयो

काठमाण्डाै । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका-६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यहीँ ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हाे । हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौँडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।

दिउँसो साढे चार बजे हनुमानढोकामा फूलपाती भित्र्याइँदै

काठमाण्डाै । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नौ […]

बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव फेला

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो । हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई […]

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा चारको मृत्यु

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा […]

नेवाः जातीय महासंघ गठन

काठमाडौं- नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ । त्यसैगरी, राजोपाध्याय समाजका […]

रेडपाण्डाको छालासहित एक पक्राउ

बाँके । बाँके प्रहरीले नेपालगञ्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ४ बुद्ध मन्दिरबाट प्रहरीले जाजरकोट भेरी नगरपालिका– १ का २८ वर्षीय मणिराम सुनारलाई एकथान रेडपाण्डाको छालासहित पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा पुगेको प्रहरीले सुनारले बोकेको झोला जाँच गर्दा रेडपाण्डाको छाला बरामद भएको जनाएको छ। बाँके प्रहरीले रेडपाण्डाको छाला कहाँबाट […]

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ: मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही […]

हनुमानढोकास्थित दशैं घरलगायत घर-घरमा जमरा राखियो

काठमाडौँ । हरेक वर्षजस्तै यसवर्ष पनि राजधानीको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमान ढोकाको दशैं घरमा बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश […]

शीतभण्डार अभावमा डोल्पाका स्याउ खेर जाँदै

डोल्पा । जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ […]