अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा कैलालीमा एक सैनिकको मृत्यु, सहसेनानी घाइते

धनगढी । कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा एक जना सैनिकको ज्यान गएको छ भने एक अधिकृत घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा बिहीबार बिहान फायरिङ अभ्यास भइरहेका बेला आकस्मिक रूपमा ग्रिनेड विष्फोट भएको थियो । विष्फोटमा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलाली जिल्ला […]

रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

  भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । सभापति रवि लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न भएको हो । गएराति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदान १२ः३० मा सम्पन्न भएको हो । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अवको […]

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका हुन् । पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि […]

कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका हुन् । नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् । उनीहरूले पुनर्योग (रिटोटलिङ) र […]

भेनेजुएला भूकम्पमा मृतकको संख्या १० हजारदेखि १ लाखसम्म हुनसक्ने, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काराकास । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकासमा भवनहरू भत्किएका छन् र स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । यससँगै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएकाले बन्द गरिएको जानकारी दिएकी छन् । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि राष्ट्रिय […]

मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। तराईमा […]

भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प

काराकास । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार यो शृङ्खलाबद्ध भूकम्पीय गतिविधिमा ७.५ म्याग्निच्युडको मुख्य भुइँचालो गएको हो। सुरुमा ७.२ म्याग्निच्युडको भूकम्प गएको भनिए तापनि भूकम्पीय तथ्याङ्कहरूको विस्तृत विश्लेषणपछि अधिकारीहरूले त्यसलाई परिमार्जन गर्दै ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघिको पूर्वकम्पका […]

सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर बन्द भएको हो । आजको कारोबार दिनमा बजारमा कुल ३३८ वटा कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड ८६ लाख ७ […]

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् । ७ असारमा श्रीमती र छोरीसहित चितवन आएका शाह बुद्ध एयरमार्फत आज काठमाडौं फर्किएका हुन् । बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न । ७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा […]

मध्यरातमा परोपकार घाटमा निर्बस्त्र भएर हल्ला गर्ने ४ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साधु बन्ने भन्दै मध्यरातमा परोपकार घाटको शव जलाउने स्थानमा पूजा गर्नेहरु पक्राउ परेका हुन् । सोमबार राति शव जलाउने स्थानमा अश्लील गतिविधि गर्ने विराटनगर –६ का ४० वर्षीय ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र विराटनगर ४ […]