काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) माथि १–० को कठिन जित दर्ता गरेको छ । बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जिताउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो । समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले […]
समाज
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। अदालतको आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथिको अनुसन्धानलाई […]
रविको सभापति उम्मेदवारीमा बालेन प्रस्तावक, आफै गाडी चलाएर बन्द सत्रमा पुगे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचनका लागि मनोनयन फारम वितरण सुरू भएको छ। सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिँदै छन्। उनको प्रस्तावकमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह बस्ने स्रोतले जानकारी दिए।सभापति उम्मेदवार बन्न एक जना प्रस्तावक र ५१ जना समर्थकको आवश्यकता पर्छ। सभापतिको […]
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीहरुलाई अल्टिमेटम, चिन्तामा विस्थापित परिवार
काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ। समितिले सोमबार सूचना टाँस्दै शुक्रबारसम्म स्वः व्यवस्थापनमार्फत होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको हो। हाल उक्त सेन्टरमा ६८ परिवारका २०३ जना बसोबास गर्दै आएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिका […]
मदिरा पिउँदा सुरु भएको विवादले भक्तपुरमा ट्याटु आर्टिष्टको लियो ज्यान
भक्तपुर । भक्तपुरमा ट्याटुको विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि एक युवकको हत्या भएको छ। सोमबार राति भक्तपुर नगरपालिका–१ स्थित एक होटलमा मदिरा सेवन गरिरहेका बेला दुई समूहबीच विवाद भएको थियो। महोत्तरीको मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाइली ट्याटु आर्टिष्टका रूपमा काम गर्दै आएका थिए। सोही होटलमा अर्को टेबलमा बसिरहेका युवाहरूसँग उनको सामान्य […]
घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा […]
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश
काठमाडौं । सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार […]
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान ०६ः१५ […]
एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, काठमाडौँ ल्याइदै
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार सुर्खेतबाट पक्राउ गरेको हो । उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई अहिले नेपालगञ्ज लगिएको छ भने त्यहाँबाट काठमाडौं ल्याइनेछ । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो […]
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामा
एजेन्सी । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै उनले सत्तारुढ लेबर पार्टीको नेताबाट राजीनामा दिन लागेको र केही हप्ताभित्रै पद छोड्ने घोषणा गरेका छन्। स्टार्मरले लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म आफू कामचलाउ प्रधानमन्त्रीको रूपमा पदमा रहने बताएका छन्। यसले बेलायतलाई एक दशकमा […]










