यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका ३४ भन्दा बढी जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ। महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, […]

देशका संघीय अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट

काठमाडौँ । देशभरका संघीय अस्पतालमध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा ८९ अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको मूल्याङ्कनमा भरतपुर अस्पताल ग्रिन जोनमा कायम रहँदै पहिलो स्थानमा परेको हो। गत वर्ष ८८ अंक ल्याएको अस्पतालले यस वर्ष ८९ अंक प्राप्त गरेको छ। विपी कोइराला […]

अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ । यो आक्रमण होर्मुज जलडमरूमध्य नजिकै एक व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएपछि गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वासिङ्टन र तेहरानबीच भएको समझदारीपत्र (एमओयू) उल्लङ्घन गरेको आरोप लगाउँदै आवश्यक परे ‘सैन्य रूपमा सुरु गरिएको काम […]

आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको […]

कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण

न्युयोर्क । स्ट्रेट अफ होर्मुजमा एउटा कार्गो पानीजहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा आक्रमण गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्धविरामको ‘मूर्खतापूर्ण उल्लंघन’ गरेको आरोप लगाएलगत्तै अमेरिकाले यो कदम चालेको हो । बिहीबार ‘वान–वे अट्याक ड्रोन’ ले पानीजहाजमा प्रहार गर्दा कुनै मानवीय क्षति भएको रिपोर्ट भने आएको छैन । तर, यो घटनापछि उक्त […]

भक्तपुरमा छोराले लिए आफ्नै आमाको ज्यान

भक्तपुर । सूर्यविनायक-९ भातेढिकुरमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका-५ घर भई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीले छोराकै हातबाट ज्यान गुमाएकी छन् । शुक्रबार साँझ करिब पौने ८ बजेको समयमा २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरी ज्यान लिएका हुन् ।   छोराको कुटपिटबाट गम्भीर घाइते भएकी चौधरीको पाटन […]

स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’का अन्तिम खेल सकिँदा स्पेन समूह विजेता र केप भर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेका छन्। मेक्सिकोको एस्टाडियो ग्वाडालाहारामा सम्पन्न खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्‍यो। स्पेनका लागि निर्णायक गोल आलेक्स बाएनाले ४२औँ मिनेटमा गरे। मार्कोस योरेन्तेको पासमा आएको उक्त गोल नै खेलको एकमात्र गोल […]

कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा

विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ। विराटनगर–८, मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खानतलासी गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घरमा शङ्कास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको जानकारी दिए। ‘हामीलाई घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचना प्राप्त भएको छ, सोही आधारमा […]

सीमा वारपार लागूऔषधको संगठित सञ्जाल नियन्त्रणमा सरकारी प्रतिवद्धता

ललिता साह, काठमाडौ । नेपाल सरकारले भारतसँगको खुला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषधको अवैध ओसारपसार तथा सीमा वारपार फैलिएको संगठित अपराधको सञ्जाल नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले लागूऔषधको बढ्दो समस्यालाई औपचारिक कार्यक्रममै सीमित नराखी अन्तरनिकाय […]

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुगेको छ । भूकम्पमा परी अरु ९ सय ७१ जना घाइते भएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परी व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् । बुधबार बेलुकीपख गएका ७.२ र ७.५ म्याग्निच्युडका […]