काठमाडौं, २९ पुस । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ । […]
समाज
स्वस्थ मापदण्डका बीच स्वस्थानी माधव नारायण शालीनदी मेला हुने
पुस २८,काठमाडौँ – शाखुमा प्रत्यक बर्ष मनाइने ,माधव नारायण मेलाको तैयारी पुराभएको छ । माघ ३ गते बात प्रारम्भ हुने मेला कोरना महामारीलाइ मध्ये नजर गरि स्वस्थ मापदण्ड पुरा गरि मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिकाले तैयारी थालेको छ । समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले समितिले आज पत्रकार सम्मेलन […]
श्रीमतीको हत्यापछि आगो लगाएर भागेका आरोपित श्रीमान ७ वर्षपछि पक्राउ
कपिलवस्तु, २८ पुस । कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार रहेका आरोपित श्रीमान सात वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। उनीमाथि कपिलवस्तु कृष्णनगर नगरपालिका-६ श्रीनगरकी २१ वर्षीया किसलावती चमारको हत्या आरोप […]
पाल्पामा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते
पाल्पा, २८ पुस । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी–७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुरेमा किराना पसलदेखि घर […]
ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण
काठमाडौं, २८ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए, ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन […]
ओमिक्रोन बढी सङ्क्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह
चितवन, २८ पुस । कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए । अहिलेसम्मको अध्ययनले खोप लगाएको […]
लोक सेवाले खुलायो नायब सुब्बा पदको दरखास्त
काठमाडौ, २८ पुस । लोक सेवा आयोगले नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको छ। बुधबार आयोगले सूचना निकालेर राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको हो। आयोगले विभिन्न सेवा समूहमा दुई सय भन्दा धेरै खुला तथा समावेशी पदमा दरखास्त आव्हान गरेको हो। आगामी माघ १८ गतेसम्म […]
कलेज जाँदै गरेका विद्यार्थीलाई ट्याक्टरले ठक्कर दियो, घटनास्थलमै मृत्यु
झापा, २८ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ। बिहान करिब ५: ३० बजेको समयमा प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। बिपरित […]
भक्तपुरमा ६ हजार विद्यार्थीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, २८ पुस । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन्। विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको छ। स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार […]
उपत्यकामा स्मार्ट लकडाउन: आजबाट के-के गर्न पाइने र नपाइने ?
काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो । उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति […]










