बालाजु बसपार्कलाइ राष्ट्रिय गौरवको बसपार्क बनाइदै

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन […]

हिमालि भागमा भारी हिमपात कारण काठमाडौँमा अत्याधिक जाडो जनजीवन प्रभावित

काठमाडौं, २६ मंसिर । काठमाडौँमा चिसो बढेसँगै उच्च हिमाली भागमा भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा भारी हिमपात हुने जनाएको हो । मौसमविदहरूले पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन […]

श्रीमानले प्रहार गरेको चक्‍कुबाट श्रीमती घाइते

मोरङ, २६ मंसिर । श्रीमान‍को चक्‍कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्‍कु प्रहार गरी घाइते बनाएका हुन् । तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्‍कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए । गम्भीर अवस्थाकी उनलाई […]

अज्ञात समूहले नगरपालिकाको वडा कार्यालय र, स्काभेटरसमेतमा आगजनी

संखुवासभा २६ मंसिर । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२ ०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए । आगजनी नेत्रविक्रम चन्द […]

व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा उठाइएन शव

लहान, २६ मंसिर । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ ।उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले आज तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् […]

गए राति स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

दोलखा, २६ मंसिर । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । […]

धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा पूजा आजा एवं दान गरि मनाइँदै

काठमाडौं २६ मंसिर,। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ । धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो […]

१९ वर्षीया सन्तोष पन्त महाकाली सिंचाइको नहरमा मृत अवस्थामा भेटिए

कञ्चनपुर, २६ मंसिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिंचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । ‘प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ’, […]

उधौली र योमरी पुन्हिमाको शुभकामना

काठमाडौं, २६ मंसिर । नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि ज्यापु दिवस का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा शुभकामना व्यक्त गरेका छन् । विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको हो । सामाजिक, […]

हुम्लामा फेरि भारी हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्ला, २६ मंसिर । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एक मात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ […]