काठमाडौँको बौद्धस्थित भाटभटेनीमा ६ वटा शव भेटिए

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ ।

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।

२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो ।

भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो । उक्त आन्दोलनका क्रममा अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।