बुटवलबाट पाल्पा तर्फ आउदै गर्दा झुम्साबाट २ जना युवक लागुऔषध सहित पक्राउ

पाल्पा ३० मंसिर । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानबाट लागुऔषध सहित २ जना युवक पक्राउ परेका छन् । प्रहरी चौकी दोभानले झुम्सामा चेकजाँच गर्ने क्रममा स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ५ का स्थायी बासिन्दा हाल पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षका विशाल नेपाली र कास्की मादी गाउँपालिका वडा नं ९ बस्ने ३१ वर्षका किरण गुरुङ् […]

दुर्घटना अपडेट : ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी

भक्तपुर, ३० मङ्सिर । भक्तपुरको सूर्यविनायक र जगातीको बीचमा पर्ने आदर्श चोकबाट चालक सहित ३२ यात्रु बोकेर दोलखाको कालिञ्चोक तीर्थ यात्रामा निस्केको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । ज्यान जानेमा धेरैजसो भक्तपुरका अस्थायी वासिन्दा रहेका छन् । आइतवार विहान कालिञ्चोक दर्शन गरि फर्कने क्रममा […]

कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा छोराको मृर्त अवस्थामा

काठमाडौं, ३० मंसिर। काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले […]

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव

बुटवल, ३० मंसिर, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना बुटवल पश्चिम कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ लमही क्षेत्रलाई प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको […]

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, दुबै अभिनेताको एकैसाथ दाहसंस्कार गरिने

काठमाडौं, ३० मंंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।  भट्टराईलाई राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  चिकित्सकले उनकाे  हृदयघातका कारण निधन भएकाे जानकारी […]

नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, २९ मङ्सिर । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान कार्यक्रममा छब्बीस जनाले रक्तदान गरेका नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरका सभापति रामकृष्ण मानन्धरले बताए । उनले […]

बिहे गरेको भोलिपल्टै श्रीमतिको हत्या

काठमाडौं २९ मंसिर । धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका गरेका छन् । मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि ट्यांकीमा लुकाएको […]

भ्रमण वर्ष २०२०, नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २९ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए । […]

सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

दोलखा, २९ मङ्सिर । दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तिर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस […]

आहाराको कमि भएपछि आहारा खोज्दै निकुञ्जको बाघ गाउँमा

बाँके, २९ मंसिर । राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो । दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके […]