युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘रुसले युक्रेनलाई सफल भएको देख्न चाहन्छ’ बताए । उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ऊर्जा, बिजुली तथा अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन् । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर […]

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले कति गर्न पाउँछ खर्च ? तोकियो सीमा

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ । आइतबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको हो ।आयोगका अनुसार राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको हो । ‘आगामी माघ ११ गते […]

रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज तयार, नाका १७ पुसदेखि खुल्ने

काठमाडौं । रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ । २४ असारमा भोटेकोशी नदीमा आएको बाढीले चीन-नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि […]

प्रलोपा र उज्यालो नेपाल पार्टीबिच सहकार्यबारे छलफलको तयारी

काठमाडौँ । डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबिच चुनावी सहकार्यबारे छलफल हुने भएको छ । आइतबार साँझ प्रलोपा र उज्यालो नेपाल पार्टीका नेताहरूबिच आगामी निर्वाचनमा सहकार्यका सम्भावनाबारे छलफल गर्न छलफल हुन लागेको हो । यसअघि रास्वपा र बालेन सहितको एकतामा जोडिने भनेका कुलमान अन्तिम समयमा छुटेका […]

सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता […]

रवि र बालेनको सम्झौतालाई हर्क साम्पाङले भने- विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने काम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्। आइतबार बिहानै रवि र बालेनबिच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सम्झौताको कटाक्ष गरेका हुन्। उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि बालेनले ‍रवि लामिछानेसँग […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा […]

सूर्यविनायक-५ का स्थानीयलाई ट्राफिक सचेतना कार्यक्रम

traffic police

भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर र सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा ट्राफिक सचेतना कार्यक्रम शनिबार सल्लाघारीमा सम्पन्न भएको छ । वडा नम्बर ५ मा क्रियाशील विभिन्न टोल सुधार समिति, मुख्य सडक छेउका ब्यवसायी र स्थानीयलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरकी प्रमुख […]

ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। […]