देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म […]

लोकसेवा आयोगले स्थगित गर्‍यो उपसचिव तहको परीक्षा

काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखितको परीक्षा कार्यक्रम स्थगित गरेको छ। बिहीबार विज्ञप्ती जारी गर्दै आयोगले माघ १० गतेदेखि २८ गतेसम्म तय भएको उपसचिव तहको परीक्षा कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। आयोगले अर्को सूचना जारी गरी परीक्षाको मिति तय गर्नेछ। निर्वाचन आयोगले पत्र पठाएर लोक सेवा […]

भेनेजुएला–अमेरिका तनावबारे बोल्यो नेपाल, कसलाई के भन्यो ?

काठमाडौं । नेपालले भेनेजुएला–अमेरिका तनावका बारेमा नरम शब्दमा आफ्नो स्पष्ट धारणा राखेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो लगायतलाई गत शनिबार राजधानी काराकासबाट पक्राउ गरेको पाँच दिनपछि नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूलाई पूर्ण […]

३ सन्तानकी आमा र कवि थिइन् अमेरिकी अध्यागमन अधिकारीको गोलीबाट मारिएकी महिला

काठमाडौँ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अध्यागमन अधिकारीले गोली हानेर एक महिलाको हत्या गरेको विरोधमा हजारौं मानिसले मैनबत्ती बालेर श्रद्धाञ्जलि सभा आयोजना गरेका छन्। अमेरिकी अध्यागमन अधिकारीको गोलीको सिकार भएकी महिला ३७ वर्षीया रेनी निकोल गुड हुन्। उनी एक पुरस्कारप्राप्त कवि, तीन सन्तानकी आमा र चलचित्रप्रेमी रहेको ‘वासिङ्टन पोस्ट’ लेखेको छ। वासिङ्टन पोस्टका अनुसार […]

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूत थम्पसनको विदाइ भेट

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यमा अमनुसार राजदूत थम्पसनले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग विदाइ भेट गरेका हुन् । सो अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको शाक्यले बताए । राजदूत थम्पसनलाई […]

६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाबाट बाहिरिदै अमेरिका, ट्रम्पले गरे हस्ताक्षर

काठमाडौँ । संयुक्त राष्ट्रसंघ सम्बन्धित निकायसहित दर्जनौं अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट अमेरिका बाहिरिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट बाहिरिने निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) ले जनाएको छ। ट्रम्पको यो कदमलाई अमेरिका विश्वव्यापी सहकार्यबाट टाढा हुँदै गएको संकेत गरेको छ। ह्वाइट हाउसका अनुसार […]

लप्सेफेदी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी घर भएका ६० वर्षीय अर्जुन लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको हो । उनको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार हुँदै थियो । यसअघि मृत्यु भएको ४ जनाको सनाखत भएको छ […]

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ । यस्तै चाँदीको मूल्य […]

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त […]

मन्त्री पदबाट राजीनामा दिएका दिएका कुलमानले पत्रकार सम्मेलनमा के भने ? पूर्णपाठसहित

काठमाडौँ । जेनजी आन्दोलनपछि गठित सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले ११५ दिनपछि मन्त्री पदबाट बुधबार साँझ राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामालाई आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता बताउँदै अब ‘उज्यालो नेपाल’ बनाउन सशक्त रूपमा राजनीतिक यात्रामा होमिने […]