कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।  बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]

शिवराजमा पहिलो पटक कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । शिवराज नगरपालिका ३, पुरानो छालाफैक्ट्री हाल सुपादेउराली रिसोर्टमा रहेको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा नयाँ कोरोना पोजेटिभ भेटिएको हो । उनीहरु साताअघि भारतको मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । कृष्णनगर नाका हुँदै लुकिछिपी तीनै जना फरक फरक मितिमा नगर प्रवेश गरेको बताइएको छ […]

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो । आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या […]

यसरी गरिन्छ कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि

काठमाडौँ । सरकारले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुका शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोभिड-१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ । कोभिड-१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने र यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, महामारी नयाँ चरणमा प्रवेश

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी नयाँ चरणमा प्रवेश गरेको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य […]

कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी एकजना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनी विहीबार राति धुलिखेल अस्पताल आएकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।  एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराइएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि सिन्धुपाल्चोकबाट रेफर गरिएको थियो […]

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं । दाङका तीनसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । […]

थप ७ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा थप ७ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । कपिलवस्तु, काठमाडौं र सर्लाहीका १, धनुषामा  महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, […]

काठमाडौं र भक्तपुर गरी एकै दिन ८३ जना संक्रमित भेटिएपछि कोरोनाका संक्रमित पुगे २१७

काठमाडौं, ३० बैशाख । पछिल्लाे समय राजधानीभित्र पनि काेराेनाका संक्रमित फेला पर्न थालेका छन् । मंगलबार राजधानीमा २ जना संक्रमित भेटिएका छन् । काठमाडाैंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ वर्षीय महिलामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ जना […]