थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि […]

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, स‌ंक्रमित १२० पुगे

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, […]

विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत, खाद्यान्न र सिकाइ सामग्री

काठमाडौं । काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो । विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई सिकाइ सामग्री वितरण गरिने जनाइएको छ । अहिले विद्यार्थीहरुमा मुख्यगरी पेटको र सिकाइको गरी दुईवटा भोक रहेको र विद्यार्थीको दुवै […]

१२ संघसंगठनले एकै श्वरमा भनेः थापा नै वैधानिक अध्यक्ष, फेसबुके टिप्पणी एकता विरोधी हर्कत

काठमाडौं । नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध १२ संघसंगठनहरुले बाबुराम थापा नै महासंघको वैधानिक अध्यक्ष भएका स्पष्ट पारेका छन् । साथै, नेतृत्वको सवालमा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी एकता विरोधी भएको ठहर गरेका छन् । १२ आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले शुक्रवार संयुक्त अपिल जारी गर्दै विद्यान संशोधन विधिसम्मत नै रहेको  ठहर गरेका छन् […]

दिउसो चलाउन नपाइने गरी भोलिदेखि राजधानीमा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

काठमाडौं, २७ वैशाख । काठमाडौं उपत्यकामा सवारी आवागमन बढेसँगै अब टाइम कार्ड लागु हुने भएकाे छ । भोलि आइतबारदेखि उपत्यकाका तीन वटै जिल्लामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको हाे । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । […]

अब चार घन्टा पसल खाेल्न दिइने

झापा, २७ बैशाख । देशभर जारी बन्दाबन्दी झापामा केही खुकुलो बनाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको आयोजनामा शुक्रबार भएको छलफलमा न्यूनतम मापदण्ड पूरा गरि पसलहरू चार घण्टा खुलाउने निर्णय गरेको हो । सर्वपक्षीय बैठकमा जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इट्टा विक्री केन्द्र, बैङ्क तथा […]

लकडाउनमा रेल नआउने ठानी लिकमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु

काठमाडाैं । शुक्रबार बिहान रेलले किच्दा भारतमा १६ जना मजदुरको मृत्यु भएको छ । साथै ५ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो। ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना […]

लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र मानिसको आवागमन रोक्न स्थानीय प्रशासन र प्रहरीले थप कडाइ गरेको छ । लुकीछिपी मानिस भित्रिने गरेको भन्ने सूचना आएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उपत्यका भित्रिने विभिन्न नाकाको स्थलगत […]

काँग्रेसद्वारा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख १७ गते सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति […]

ननस्टप समाचार प्रभाव: सरकारी गाडीले काठमाडौं ओसारेका मान्छे सर्लाहीमै फर्काइयो

काठमाडौं, २५ बैशाख । बुधवार एक सरकारी गाडीले सर्लाहीबाट काठमाडौं ल्याएकाहरुलाई फिर्ता गरिएको छ । लकडाउनको उल्लंघन गर्दै प्रदेश २ को सामाजिक विकास मन्त्रालयको एक गाडीमा सर्लाहीबाट काठमाडौं ल्याइएका ४ जनालाई उतै फिर्ता गरिएको हो । सर्लाहीको होरैता नगरपालिका २ निवासी ४ जना बुधवार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको […]