अखिल क्रान्तिकारीद्वारा राजधानीमा विशाल प्रदर्शन, वैज्ञानिक शिक्षाका लागि बलिदान गर्न तयार रहेको उदघोष

काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अाज राजधानीमा विशाल प्रदर्शन गरेकाे छ । ५४ अाैं विद्यार्थी दिवसकाे अवसरमा क्रान्तिकारीले विशाल र्यालीसहित प्रदर्शन गरेकाे हाे । र्यालीपछि क्रान्तिकारील लैनचाैरमा अायाेजना गरेकाे सभामा बाेल्दै नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट […]

राष्ट्रिय झण्डा बिगार्ने प्रदेश २ का सचिवलार्इ केन्द्रीय मन्त्री लालबाबुले सोधे यस्तो कडा स्पष्टिकरण

काठमाडौं, १ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् । मन्त्री पण्डितले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सिंह, २ नम्बर […]

चीनले तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल बनायो

एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा […]

२९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं, ३० बैसाख । नेपाल प्रहरीका झन्डै २ सय ९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम […]

भाटभटेनी सुपर मार्केटमा जमिन थर्काउने गरी शक्तिशाली बम विष्फोट

चितवन, ३० वैशाख । चितनवको नारायणगढस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार विहानै बम विस्फोट भएको छ । बिहान करिब पौने ४ बजेको समयमा भयानक आवाजसहित बम विस्फोट भएकोको स्थानीयवासीले बताएका छन् । बम विष्फोटबाट भाटभटेनीको एक तिरको पुरै भाग ध्वस्त भएको छ । एकाबिहानै बम कसले र किन हानेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । घटनाबारे अनुसन्धान […]

एका बिहानै धार्केमा दुर्इ भारतीय गाडी जलाइए

धादिङ, ३० बैशाख । धादिङकाे धार्केमा बिहानै २ वटा भारतीय गाडीमा अागजनी भएकाे छ । बिहान ३ बजे नै ती गाडीमा अागजनी भएकाे धादिङ प्रहरीले जनाएकाे छ । अाज नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे अाह्वान गरेकाे छ । सरकारले अरुण तेस्राे अायाेजना भारतलार्इ दिएकाे र उक्त अायाेजनामा राष्ट्रघाती सम्झाैता गरिएकाे भन्दै त्यसकाे विराेधमा नेकपाले नेपाल […]

आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट

काठमाडौँ, ३० बैसाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड […]

सडकमा क्यामेरा राखेर मोदीको विरोधमा उत्रिए पत्रकार, पत्रकार महासंघले समेत जनायो आपत्ती

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएपछि त्यसको व्यापक विरोध भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्टिय सभागृहमा प्रम मोदीका लागि आयोजित एक कार्यक्रममा प्रवेश पास लिएका सञ्चारकर्मीहरुलाई प्रवेश गर्न नदिइएपछि सञ्चारकर्मीहरुले आफ्ना सञ्चारसाधन सडकमा राखेर विरोध समेत प्रदर्शन गरेका छन् । शनिवार दिउसो राष्टिय सभागृहभित्र प्रम मोदी प्रवेश […]

ओलीले अरुण तेस्रो मोदीलाई सुम्पिएपछि विप्लवले दिए यस्ताे चेतावनी ! भोलि नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं, २९ बैसाख । प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै  ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् । ओली-प्रचण्ड दलाल […]

टुँडिखेलमा मोदीलाई १८ तोपको सलामी, गार्ड अफ अनर प्रदान

काठमाडौं, २८ बैसाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार ५ बजेर २५ मिनेटमा नेपाली सेनाको एक टुकडीले मोदीलाई गार्ड अफ अनर दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद […]