मोदीको ‘जीएसटी’ नीतिले नेपाली बजारमा पार्यो यस्तो असर

Narendra-Modi

काठमाडौं, १३ असार । लण्डनबाट प्रकाशित हुने ‘दी इकोनोमिष्ट’ को २४ जुनको अनलाइन संस्करणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालका दुई उपलब्धि उल्लेख छन्, अमौद्रिकीकरण र वस्तु तथा सेवाकर (जीएसटी) लागू गर्ने निर्णय। १ जुलाईबाट लागू हुने जीएसटीलाई अमौद्रिकीकरणकै हाराहारीको उपलब्धिका रूपमा पत्रिकाले विश्लेषण गरेको छ। नेपाल, भुटानजस्ता भारतीय मुद्रामै व्यापार गर्ने मुलुकलाई अमौद्रिकीकरणको सिधा असर […]

पूरै गाउँमा १७ भोट । त्यही मतपत्र पनि हेलिकप्टरमा ओसारिने

ताप्लेजुङ, १३ असार । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान […]

दार्जिलिङमा नेपालीभाषीमाथि भएकाे दमनका विरूद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडाैं, १२ असार । आफ्नो भाषा, संस्कार र माटो अनुसारको राज्य हुनुपर्ने माग गर्दै दार्जिलिङमा नेपालीभाषीहरुले गरेको आन्दोलनमाथि सेना परिचालन गरेर गरिएको दमनको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । भारतको पश्चिम बंगाल सरकारले नेपालीभाषीहरुमाथि नृशंस दमन गरिएको भन्दै उक्त दमन तत्काल रोक्न माग पनि गरिएको छ । संसारका कुनै पनि न्यायप्रेमी जनताले गर्ने आन्दोलनमाथि […]

स्थानीय चुनावको मधेश फ्याक्टर

Madhesh Facts

‘बुलेटको जवाफ ब्यालेटबाट’ भन्ने तुफानी नाराका साथ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ३१ वैशाख २०७४ मा सम्पन्न पहिलो चरणदेखि नै स्थानीय तह निर्वाचनमा होमिइसकेको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार स्वयम् सरकारमा सहभागी छन् । यसले पहिलो चरणको स्थानीय निर्वाचनमा सहभागी नभएको मधेशका ६ दल सम्मिलित अर्को घटक राष्ट्रिय जनता पार्टी […]

विभिन्न आवरणमा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि दाहालसँगको २ नोभेम्बर २०१६ को भेटमा यो विषयमा चर्चा गरेका थिए । झट्ट सुन्दा […]

दलित बस्तीका चुनावी नारा : मन्दिर छिर्ने, जन्मदर्ता गराउने

प्रत्येक वडामा एक दलित महिला अनिवार्य गर्ने निर्वाचन ऐनको प्रावधानले यो चुनावमा देशभरिबाट ६ हजार ६८० दलित महिला निर्वाचित हुनेछन् । राज्यले कानून नै बनाएर एक शताब्दीभन्दा धेरै जुन समुदायमाथि भेदभाव ग¥यो, उनीहरूलाई कानूनी व्यवस्था नै गरेर शासन प्रणालीभित्र हुल्नु सकारात्मक कुरा हो । त्यसमा पनि त्यो समुदायका महिलाका लागि त यो चानचुने उपलब्धि होइन […]

प्रगतिशील अन्तर्राष्ट्रियको आवश्यकता

पश्चिमका विकसित अर्थव्यवस्थाको राजनीतिले सन् १९३० यता सबैभन्दा ठूलो धक्का व्यहोरिरहेको छ । त्यो ठूलो अपस्फीतिले एट्लान्टिकका दुवैतर्फका त्यस्ता राजनीतिक शक्तिलाई पुनर्जीवित गरिरहेको छ, जो दोस्रो विश्वयुद्धयता निष्क्रिय थिए । राजनीतिमा फेरि आवेग फर्कन लागेको छ, तर हामीले आशा गरेजसरी होइन । अहिलेसम्म वामपन्थीहरूले रक्षा गरेको संस्थापन–विरोधी धारणा दक्षिणपन्थीहरूले लिन थालेका छन् । अमेरिकामा रिपब्लिकन […]

हुलाकी राजमार्गः मधेसीलाई दुखाइरहने घाउ

Hulaki-sadak

७० वर्ष पुरानो सपना हुलाकी राजमार्ग भएर जाने बारा जिल्लाबाट निर्वाचित भएर आएपछि संसद्, संसदीय समिति र अन्य ठाउँमा निरन्तर रूपमा राजमार्गबारे आवाज उठाउँदै आएको छु । तर, यत्रो चासो र चिन्ता व्यक्त गर्दा पनि अपेक्षित परिणाम प्राप्त भइरहको छैन । हुलाकी राजमार्ग ७० ( विसं २००२–२००५) वर्षपहिले पद्मशमशेरको पालामा थालनी भएको हो । हुलाकी […]

फिडेल : एउटा युगको अन्त्य

Castro

एजेन्सी । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । २०औँ शताब्दीका महान् राजनीतिज्ञ तथा कम्युनिस्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युबाको राष्ट्रिय टेलिभिजनले शनिबार जनाएको छ । क्यास्ट्रोका भाइसमेत रहेका क्युबाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले उनको निधन भएको घोषणा गरेका छन् । राष्ट्रपति राउलले वामपन्थी आन्दोलनका ‘प्रमुख कमान्डर’को निधन भएको बताए […]

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

Castro

काठमाडौँ, ११ मंसिर । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । त्यहाँको सरकारी टेलिभिजनले मृत्यु भएको खवर सार्वजनिक गरेको छ । उनी सानैदेखि सहयोगी, मिलनसार र चतुर स्वभावका थिए । अधिवक्ता समेत रहेका उनी पौडी खेलका सौखिन हुन् । क्यास्ट्रो १३ अगस्ट १९२६ मा सम्पन्न परिवारमा जन्मेका थिए । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व […]