प्रहरीमाथि हातपात गरिएको विमानस्थल घटनाको पूरै छानविन गर्न निर्देशन, पारसले माफी माग्दै देखाए अझै आक्रोश

काठमाडाैं । त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतमाथि पूर्वयुवराज पारस शाहले गरेकाे दुर्व्यवहारबारे प्रहरीले छानविन थालेकाे छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना के कसरी भएको हो त्यसबारे विस्तृत छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई निर्देशन दिएकाे हाे । प्रहरी नायब महानिरीक्षक शैलेश थापाले आइतबार पूर्वरानी कोमल शाहको थाइल्याण्ड प्रस्थानका क्रममा पूर्वयुवराज शाहले प्रहरीमाथि के […]

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ: प्रचण्ड

जनकपुरधाम, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको […]

फेरि जलाइयो एनसेलको अर्को टावरमा, विप्लवमाथि आगजनीको आरोप

दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ […]

निर्वाचन आयोग किन गर्दैछ ५० पदका लागि ४० करोड खर्च

काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई […]

विकासको श्रृङ्खला चलाउन गाउँपालिकाले नै सुरु गरे पञ्चवर्षीय योजना

कञ्चनपुर, ३ भदौ । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत […]

मन्त्रिपरिषद बैठकमा फेरि रोकियो बहुप्रतिक्षित नयाँ शिक्षा नीति,

काठमाडौं । सोमवार मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूची रहेको र बुधवारकै बैठकले पारित गर्ने जनाएको छ । सोमबारको बैठकमा […]

छिमेकीका विषयमा हलुका टप्पणी नगरौँ: परराष्ट्रमन्त्री

काठमाडौँ, २ भदौ । नेपालका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गरेको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो । “नेपालले कहिल्यै कल्पना नगरेको विषयमा […]

वर्तमान सरकार पाँच वर्ष रहन्छः दाहाल

जनकपुरधाम, २ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताए । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार […]

रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, केही प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौँ । चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो । प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । […]

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजना आव २०७६÷०७७–२०८०÷८१ को मस्यौदा तयार गरेको छ ।आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायका रूपमा स्थापित गरी आवधिक निर्वाचनलाई व्यावसायिक, कुशल, पारदर्शी र विश्वसनीयरूपबाट व्यवस्थापन गर्ने ध्येय राखेर उक्त रणनीतिक योजनाको मस्यौदा तयार गरिएको आयोगका […]