वाम गठबन्धनकै सरकारमा जाने उपेन्द्र यादवको तयारी

काठमाडौं, १५ माघ । संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग सहकार्य गरी सरकारमा जाने संकेत गरेको छ । फोरमका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन र त्यसका नेता केपी ओलीको हातमा सबै कुरा छोडेको बताएका छन् । यादवले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केपी ओलीको कोर्टमा बल रहेको बताए । ओलीले कस्तो गोल हान्नुहुन्छ भन्ने आफूहरुले […]

प्रदेश २ मा फोरम नेतृत्वमा सरकार बन्ने

काठमाडौं, १५ माघ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम, नेपालको नेतृत्वमा सरकार बन्ने सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले सो दावी गरेका हुन् । प्रदेश नम्बर २ मा सबैभन्दा ठूलाे पार्टी राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल हाे । तर, राजपाले सरकार बनाउन नसकेका […]

एमाले र माओवादी केन्द्रको संयुक्त बैठक सिहंदरबारभित्र

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माअाेवादी केन्द्रकाे संयुक्त बैठक बसेकाे छ । पार्टी एकता र निर्वाचनका सन्दर्भमा गठित दुर्इ पार्टीकाे संयुक्त कार्यदलकाे बैठक सिं‌हदरवारमा बसेकाे हाे । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन् । अाजकाे बैठकमा दुई पार्टीका अध्यक्ष केपी […]

विशेष अदालतबाट फेरि सफाइ पाएपछि दीपक मनाङेविरुद्ध अर्काे मुद्दाकाे तयारी

काठमाडौं, १५ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग […]

महान सर्बहारा साँस्कृतिक क्रान्तिको आलोकमा साँस्कृतिक आन्दोलनलाई बुझ्ने प्रश्न

प्रारम्भिकीः नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा […]

अँध्यारोमा ब्रह्मलुटः भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक

शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । आजको नेपाल साप्ताहिकमा खबर छ । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा पारित बजेटमै नभएका शिर्षकमा कार्यक्रम स्वीकृति र खर्च, आर्थिक सहायता वितरण, विदेश भ्रमण […]

भूकम्पपीडितको पैसामा विदेश सयर गर्नेको ताँती, एकै महिनामा प्राधिकरणका ९५ कर्मचारी विदेश

काठमाडौं, १२ माघ । भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् । साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन […]

६ नम्बर प्रदेशमा ४ सदस्यीय मन्त्री परिषद

एमाले र माओवादी केन्द्रले प्रदेश सभा सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् बनाउने आन्तरिक सहमति गरेका छन् । राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै वाम गठबन्धन कार्यदलले प्रदेश मन्त्रिपरिषद्को आकारमा समझदारी जुटाएको हो । सातमध्ये प्रदेश १, ३, ४, ५, ६, र ७ सहित ६ वटा प्रदेशमा बहुमत रहेका कारण वाम गठबन्धनले सहजै सरकार बनाउन सक्छ […]

बाँदरमुढे घटनामा मारिएकालाई शहीद घोषणा

नेपाली काँग्रेस नेतृत्वको सरकारले जनयुद्धमा चर्चित बाँदरमुढे घटनामा ज्यान गुमाउनेहरुलाइ शहिद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको हो । वि. सं. २०६२ जेठ २३ गते चितवनको माडीमा रहेको बाँदरमुढे खोलामा नेपाली सेनाको बसलाइ लक्षित गरि माओबादीले बिछ्याएको एम्बुसमा परि ३८ सर्वसाधारणको ज्यान गएको थियो । […]

मन्त्रीहरुले भकाभक खल्तीबाट निकाल्न थालेपछि मुख्य सचिव त्रसित

काठमाडौं, ११ माघ । देउवा सरकारका मन्त्रीहरूले मन्त्रिपरिषदमा भकाभक खल्तीबाट ठाडाे प्रस्ताव निकाल्न थालेपछि मुख्यसचिव त्रसित बनेका छन् । दैनिकजसाे मन्त्रिपरिषदकाे कार्यालयमा मन्त्रीहरुले ठाडो प्रस्ताव ल्याउँदै स्वीकृत गर्न दबाब दिन थालेपछि मुख्यसचिव लोकदर्शन रेग्मी तनावमा पर्न थालेका हुन।  यसअघि २९ पुसको मन्त्रिपरिषद् बैठकबाट भएका ७० निर्णयमध्ये आधाभन्दा बढी निर्णय ठाडो प्रस्तावका आधारमा भएका थिए। त्यसयता […]