निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजना आव २०७६÷०७७–२०८०÷८१ को मस्यौदा तयार गरेको छ ।आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायका रूपमा स्थापित गरी आवधिक निर्वाचनलाई व्यावसायिक, कुशल, पारदर्शी र विश्वसनीयरूपबाट व्यवस्थापन गर्ने ध्येय राखेर उक्त रणनीतिक योजनाको मस्यौदा तयार गरिएको आयोगका […]

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौं, २ भदौ । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ गते […]

अधिकार कार्यान्वयनका लागि जनदबाब आवश्यक

बनेपा, १ भदौ । प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङले संविधानमै व्यवस्था भएको अधिकारको पूर्ण कार्यान्वयनका लागि जनदबाब आवश्यक रहेकामा जोड दिएक छन ।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको २०औँं स्थापना दिवस तथा २५औँ तामाङ प्रसारण दिवसका अवसरमा सो संस्था र तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाले आज बनेपामा संयुक्तरूपमा आयोजना गरेको ‘प्रदेश नं ३ को प्रस्तावित नामकरण […]

पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा

काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण दोस्रो संशोधन विधेयक, २०७५’, ‘बिरुवा संरक्षण पहिलो संशोधन विधेयक, २०७५’, ‘बीउबिजन दोस्रो संशोधन विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो । ‘प्रमाण दोस्रो संशोधन […]

बाढीपहिरोसम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदको माग

काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका हुन । सांसद उमा रेग्मीले सुगौली सन्धिलगायतका सन्धिको सक्कलप्रति नेपालमा […]

लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य: प्रधानमन्त्री

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताए । प्रनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल पु¥याउन खोज्ने केही पुराना प्रतिगामी शक्तिलाई ठेगान लगाउन लोकतन्त्रवादीको एकता अपरिहार्य रहेको बताए। प्रधानमन्त्री ओलीले जनताको सर्वोच्चतालाई […]

ढोरपाटनको पहिचान मासिनु हुँदैन: मन्त्री बाँस्कोटा

गलकोट, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा रोखे । समृद्धिका नाममा […]

नेकपामा एकाएक कसरी शक्तिशाली बने वामदेव ?

काठमाडौं, १ भदौ । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई […]

रवि लामिछानेको पक्षमा जुलुस निकाल्ने पाँच पक्राउ, प्रहरीमाथि ढुङ्गा हानेको आरोप

चितवन, १ भदौ । रवि लामिछानेको पक्षमा निकालिएको प्रदर्शनमा उत्तेजक व्यवहार गरेको भन्दै पाँच जना पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा लगातार प्रदर्शन भइरहेका छन् । सुरुमा रवि लामिछानेको पक्षमा प्रदर्शन भएपछि शनिवार पुडासैनीलाइ न्याय दिनुपर्ने भन्दै उनको पक्षमा पनि प्रदर्शन भएको […]

प्रचण्डले भने, ‘एमालेसँग एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन थाल्यो’

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता नगरेको भए ठीक हुने रहेछ भन्ने अनुभूति हुन थालेको बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता प्रक्रिया दुई वर्ष पुग्न लाग्दा पनि पूर्ण रुपमा पूरा नहुनुका साथै विभिन्न ठाउँमा विवाद देखिदै जान […]