समाचार झुटो भएको भन्दै वाल स्ट्रिट प्रमुखविरुद्ध ट्रम्पले दायर गरे मुद्दा

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्। सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएको भन्ने वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका हुन्। ट्रम्पले वाल स्ट्रिटका प्रमुख रुपर्ट मर्डकविरुद्धमा मुद्दा दायर गरेका हुन्। ट्रम्पले मुद्दा […]

एमाले पोलिटब्युरो बैठकमा आज पनि प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ । हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण […]

एकता घोषणा गर्दै अंगालोमा बाँधिए माधव-बामदेव

काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो । नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकीकरण घोषणासभालाई शुक्रबार सम्बोधनका क्रममा उनले भावुक सम्बोधन गर्दै आफ्नो चार वर्ष पुरानो प्रयास सार्थक बन्दै […]

मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्‍यो

काठमाडौं । नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ। यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ। गएराति सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ। जस अनुसार अब एमाले स्थायी कमिटी,पालिटब्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी […]

शिक्षा ऐनको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक हड्ताल

काठमाडौं । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्। काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि बन्द छन्। काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले […]

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच एकीकरण घोषणा आज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत […]

श्रम र उत्पादनमा वाइसिएल अभियान शुरु, प्रचण्डको यस्तो निर्देशन

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीस्थित सुनाकोठी चौरमा आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन गरेका छन्। कार्यक्रममा प्रचण्डले युवासँगै इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने र चौर सफा गर्ने काममा सहभागी हुँदै अभियानको बिहीबार औपचारिक उद्घाटन गरे। अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको […]

पत्रकार सम्मेलन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक […]

विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् […]