अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता

अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा भीम रावलले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार दिउँसो सार्वजनिक पहिलो मत अपडेटअनुसार रावलले ३६४ मतसहित अग्रता लिएका छन् । रावललाई २१४ मतसहित नेकपा एमालेका दीपकबहादुर साउँदले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ओमप्रकाश रावलले २९ मत प्राप्त […]

मुस्ताङबाट नेपाली कांग्रेसले खोल्यो खाता, ३२ वर्षे योगेश गौचन विजयी

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

काठमाडौँ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम राखेका छन्। मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार १२४५ मत गणना गर्दा शाहीले ५४१ मत प्राप्त गरेका छन्। उनीसँग प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी छन्। उनले ४३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र […]

कालिकोट र रूकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी छ । पछिल्लो समय प्राप्त नतिजा अनुसार नेपाली कम्युनिष्ट पार्टीले २ ठाउँमा अग्रता लिएको छ । कालीकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ। कालिकोटबाट महेन्द्र बहादुर शाही उम्मेदवार छन्। उनी कर्णालीका पूर्वमुख्यमन्त्री हुन्। उनले ३ हजार ३९६ मतसहित अग्रता लिइरहेका छन्। यहाँ एमाले दोस्रो स्थानमा छ। […]

रास्वपाले काठमाडौँ–१ बाट खाता खोल्यो, रञ्जु दर्शना विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत […]

यी हुन् रास्वपाले अग्रता बनाएका ४३ निर्वाचन क्षेत्र (सूचीसहित)

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी लहर देखिएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र अन्य जिल्लाहरूमा समेत ‘घण्टी’ चुनाव चिह्नमा मतदाताको आकर्षण देखिएको हो । रास्वपाले मतगणना अघि बढ्दै जाँदा आफ्नो अग्रता बढाएर ४३ स्थानमा पुर्‍याएको छ । परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूलाई नै […]

चितवन-१ को प्रारम्भिक नतिजामा एमालेको अग्रता

काठमाडौँ । चितवन-१ मा मतगणना सुरू भएको छ। मतगणनाको प्रारम्भमा नेकपा (एमाले)ले अग्रता लिएको छ। यहाँ एमालेका उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत पाएका छन्। कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १९६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले ७१ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कृष्ण पन्तले ६२ मत पाएका छन्। अहिले राप्ती नगरपालिका-१३ को मतगणना भइरहेको […]

कुलमान उम्मेदवार रहेको काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । बिहीबार मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकपछि १०ः३५ बाट मतगणना अघि बढाएको हो । काठमाडौँ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु […]

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपति पौडेलले दिए धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्।  मुलुकले झेलिरहेको जटिल राजनीतिक परिस्थितिले यस निर्वाचनमार्फत निकास पाएको भन्दै उनले वर्तमान अवस्थाप्रति सन्तोष प्रकट गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासको यो महत्त्वपूर्ण खुड्किलो पार हुनुलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।  निर्वाचनलाई निष्पक्ष […]

निर्वाचनको जिम्मेवारी पूरा भयो, अब जतिसक्दो चाँडो सत्ता हस्तान्तरण गर्छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जतिसक्दो चाँडो सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । निर्वाचन सम्पन्न भएलगत्तै बीबीसीसँग कुराकानी गर्दै उनले आफ्नो मुख्य जिम्मेवारीका सम्पन्न भएको भन्दै अब सरकारबाट बाहिरिन आतुर रहेको बताएकी हुन् । निर्वाचन सम्पन्न भएसँगै ऐतिहासिक काम पूरा गरेको अनुभूति भएको भन्दै उनले सरकारलाई दिइएको म्यान्डेट पूरा भएको र अबको संक्रमणकाल छोट्याउँदै नयाँ […]