संघीय सरकार चुपचाप, आधा दर्जन बढी स्थानीय सरकारले दिए पृथ्वी जयन्तीमा बिदा

काठमाडौं, २६ पुस । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपालगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

आउने निर्वाचनमा कांग्रेस समर्थकले रुखमा मात्रै भोट हाल्छन् ः शेखर कोइराला

पुस २५,काठमाडौँ – नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन्। सुनसरीमा शनिबार आयोजित एक कार्यक्रममा उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने बताएका हुन्। आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा […]

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौँ, २४ पुस  । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए। […]

कोरोना संक्रमित फेरि बढे, शनिवार ९४४ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य […]

थन्किएको रेलको पुनः परीक्षण

जनकपुरधाम । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् […]

नेकपा माओवादी केन्द्रबात राष्ट्रियसभा निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो

पुस २० , काठमाडौँ –  नेकपा माओवादी केन्द्रले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि पाँच जना  उम्मेदवारको  टुङ्गो लगाएको छ । माओवादीले प्रदेश २ बाट महिलाबाट उर्मिला अर्याल, गण्डकीबाट दलित कोटामा भुवन सुनार, सुदूरपश्चिम दलितबाट जगत पार्की, कर्णाली प्रदेशको अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र अन्यबाट सुरेश आलेमगर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय […]

निर्वाचन तयारीबारे गृह मन्त्रालयमा छलफल

काठमाडौँ । सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार मन्त्रीहरु, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे छलफल भएको छ । बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका […]

माओवादी कहाँ–कहाँ चुक्यो भन्ने गम्भीर आत्मसमीक्षा गर्दै नयाँ विचार विकास गर्छौः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा बहसको शुरुवात भइसकेको बताएका छन् । आइतबार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाविधेशनको ठूलो अंश यसबाट सफल भइसकेको समेत बताए । ‘महाधिवशेनका ठूलो भाग भइसक्यो । ‘ग्रेट डिबेट’को शुरुवात भइसक्यो,’ प्रचण्डले भने, ‘भोलिदेखि हामी कसरी प्रस्तुत हुने भन्ने कुराको दिशा निर्देश भइसक्यो । यो […]

माओवादी केन्द्रको महाधिवेशनः भोलि ११ बजेदेखि बन्दशत्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीस्थित प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन शत्रमा प्रधानन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु सहभागी थिए। यसैबीच महाधिवेशनको बन्दशत्र भने भोलि बिहान ११ बजेदेखि प्रज्ञा भवनमै शुरु हुने भएको छ । […]