शेरधन रार्इका विरुद्ध नेकपाको वारेन्ट जारी, १५ दिनभित्र जनअदालतमा उपस्थित हुन आदेश

काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ । भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र […]

स्थानीयवासीले प्रहरी टोलीमाथि गरे आक्रमण, पाँच घाइते

वीरगञ्ज, १७ चैत । पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, […]

राष्ट्रपति भण्डारी बग्गीमा चढेर सम्मेलन केन्द्र जाने, संघीय संसदलाई पहिलो सम्बोधन !

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद लाई आज पहिलो सम्बोधन गर्दै छिन् । सांसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्रपतिको […]

उत्तरकोरियाली नेता किमको वेइजिङमा भव्य स्वागत, सी जिन पिङसँग उच्च भेटघाट

काठमाडाैं । संसारकै ध्यान खिचिरहेका उत्तरकाेरियाली सर्वाेच्च नेता किम जाेङ उनले पहिलाे पटक चीनकाे भ्रमण गरेका छन् । राष्ट्रपति भएपछि पहिलाे पटक विदेश यात्रा गरेका उनलार्इ चीनमा भव्य स्वागत गरिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले किम जाेङ उनलार्इ गरेकाे स्वागतसँगै उता अमेरिकाले के प्रतिक्रिया दिन्छ भन्ने धेरैले चासाे राखेका छन् ।  उत्तरकाेरियाली नेता उनसँग […]

प्रचण्ड विरुद्ध नेकपाले टाँस्यो तीन ठाउँमा वारेन्ट, १५ दिनभित्र रोल्पा हाजिर हुन आदेश

चितवन, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको पक्राउ पुर्जी तीन टाँसिएको छ । शिवनगरस्थित प्रचण्डको पुरानो घर, लायन्स चोक र हाकिम चोकमा रहेको सम्पर्क कार्यालयमा सूचना टाँस भएको हो । प्रचण्ड चितवन आउँदा सम्पर्क कार्यालयमा रहेको उक्त घरमा बस्दै आएका छन् । बुधबार विहानै एकै समयमा तीनै ठाउँमा टाँसिएको स्थानीयले बताएका छन् । […]

पदाधिकारी मनोनयन गर्न देउवालाई अप्ठ्यारो

काठमाडौं, १४ चैत । कांग्रेस सभापति शेरबहादुर देउवालाई विधान संशोधन नगरी पदाधिकारी मनोनयन गर्न अप्ठ्यारो पर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले दुई वर्षपछि विभाग गठन र पदाधिकारी मनोनयन गर्न विधानले नदिने भन्दै आलोचना गरेपछि देउवालाई कठिनाइ पर्ने भएको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनु […]

प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]

व्यापार घाटा घटाउन योजना ल्याउने तयारीमा ओली सरकार

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताएका छन् । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ सोमबार बालुवाटारमा ग्रहण गर्दै उनले भने- “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।” प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड […]

शेयर बजारको विषयलाई लिएर संसद बैठकमै बबाल…

काठमाडौं, १३ चैत । शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमासमेत कुरा उठेको छ । राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘शेयर बजारमा धनीहरूले मात्र होइन, साना लगानीकर्ताले पनि किन्छन्, अर्थमन्त्रीका भाषणले भइरहेको भन्ने कुरा आएको छ,’ अधिकारीले संसदमा भने, […]

यसकारण प्रधनमन्त्री ओली भारत भ्रमणमा जादैछन्, आफै खोले रहस्य !

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण मितिबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले छिटै भारत भ्रमण गर्न लागेको बताएका हुन्। उनले कुन मितिदेखि भारतको भ्रमण गर्न लागेको भन्ने खुलाएनन् । पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने- ‘छिमेकीसँग मित्रताबाहेक अर्को उद्देश्य छैन । […]