काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार […]
राजनीति
बालेन प्रधानमन्त्री नबने म जनकपुरको रणभूमिमा आत्मदाह गर्छु : अमरेशकुमार सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् । जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने ठुकुवा गरेका हुन् । ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री […]
नेकपा छोडेका रहबर अन्सारीले भने : मधेशमा विकासको विगुल फुक्न रास्वपामा आएँ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको विगुल फुक्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघिका नेतृत्वले धेरै भाषण गरेर मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए । ‘हिजो धेरै भाषण गरिए, तर […]
भक्तपुर १ मा लवजु र २ मा दीपशिखा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । भक्तपुर क्षेत्र नम्बर १ मा हरिराम लवजु र क्षेत्र नम्बर २ मा रामप्रसाद सापकोटा दीपशिखालाई प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार मनोनयन गरिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् । […]
टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले छाडे एमाले
बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् । रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए । शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका […]
चुनाव लड्न मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभाबाट राजीनामा
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । चुनाव लड्न उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत पार्टीका सधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने । प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै […]
भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएको एक नेताले बताए। पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए। यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन्। दुई जनाबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने […]
चितवन ३ मा कांग्रेसबाट घिमिरे सशक्त दावेदार
भरतपुर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे बलियो दावेदार देखिएका छन् । नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक भइसकेका घिमिरे जिल्लाको राजनीतिमा निर्विवादित पात्र मानिन्छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने भएपछि अहिले उनी आवद्ध दल नेपाली कांग्रेस उम्मेदवार […]
गगन थापाले भने : आज उम्मेदवार टुंग्याउँछौं, मनमा कुरा नराखी सहयोग गर्नुहोला
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा उम्मेदवार टुंग्याइने बताएका छन् । उनले सोमबार बिहान फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन,’ सभापति थापाले भनेका छन् । उनले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा […]
निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै
काठमाडौं। नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१ गतेका लागि तय भएको निर्वाचन तालिका स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिँदैछ । निर्वाचन आयोग र वैधानिकता पाएका सभापति गगन थापाविरुद्ध सर्वोच्च अदालतमा रिट हालिसकेको देउवा समूहले अब फेरि निर्वाचन आयोग गुहार्न लागेको हो । पत्र लिएर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल र […]











