प्रधानमन्त्रीलाई हावादारी कुरा नगर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत हुन नहुने भनेर यस निम्ति सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे । ‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्ने, आँपलाई इम्लिी भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई […]

एमाले निर्णयबारे माओवादी महासचिवले खोले मुख

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमाले प्रवेशमा गरिएको प्रतिवन्ध नेपालको संविधानको मौलिक हकको धारा–१७ विपरीत रहेको टिप्पणी गरेका छन्। गत मंगलबारको एमाले केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको छ। ‘नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धि धारा १७ […]

आजको प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत हुने, तीन समिति बैठक बस्ने

काठमाडौँ। आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि […]

माओवादीले गरेको विद्रोह इतिहासमा प्रमाणित भएको छ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले गरेको विद्रोह इतिहासले प्रमाणीत गरिसकेको जिकिर गरेका छन् । मार्क्सवादी ज्ञान केन्द्रद्वारा लिखित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: तुलनात्मक अध्ययन’ पुस्तक बुधवार काठमाडौँमा लोकार्पण गर्दै प्रचण्डले माओवादीको विद्रोहले नै अहिले सबै वर्ग समुदायले अधिकार पाएको जिकिर गरेका हुन् । ‘हामीले गरेको विद्रोह इतिहासमा […]

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध […]

माओवादी आन्दोलनको गहिरो समीक्षा र संश्लेषण आवश्यक : प्रदेश अध्यक्ष पौडेल

Saral sahayatri paudel

काठमाडौं । तत्कालीन जनमुक्ति सेनाका एक कमाण्डर समेत रहेका नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले माओवादी आन्दोलनको तीन दशक लामो यात्राबारे समग्र समीक्षा र वैचारिक संश्लेषणको आवश्यकता औँल्याएका छन्। उनले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, पार्टी एकता र विभाजनसम्मको समग्र राजनीतिक घटनाक्रममा सहभागी भएका सबै नेताहरूको भूमिकालाई आलोचनात्मक दृष्टिले मूल्यांकन […]

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् । मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई […]

मनोहरा बस्ती बचाउन वाइसीएलले बनायो बाँध(फोटो फिचर)

भक्तपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग(वाइसीएल) नेपालले भक्तपुरको मध्यपुर थिमि-१ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा अस्थायी बाँध बनाएको छ । मंगलबार बिहान उपत्यकाका तीनै जिल्लाको शक्ति केन्द्रीत गरी वाइसीएलले लोहकिल्थलीको सुकुम्बासी बस्तीमा पर्ने मनोहरा खोलामा अस्थायी बाँध बाँधेको हो । ‘श्रम तथा उत्पादनमा वाईसीएल अभियान’ अन्तर्गत मंगलबार लोहकिल्थलीस्थित मनोहरा बस्तीलाई डुबानबाट बचाउन […]

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन-तीन मिनेट बोल्ने समय दिइएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै […]

राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज (मंगलबार) दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकको सम्भावित कार्यसूचीअनुसार दुई विधेयकमाथि प्रस्ताव पेस गरिने छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नेछिन्। त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) […]