घण्टीघरमा वरिष्ठ नेताको पदभार ग्रहण गरेर फर्किए बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे । पदभार ग्रहण गरेलगत्तै शाह पार्टी कार्यालयबाट निस्किएका छन् । उनी […]

आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेकाे हाे । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ […]

मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् । रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने […]

आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र […]

एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए । मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

एमालेले पनि अघि सार्यो आफ्नो प्रधानमन्त्री

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने स्पष्ट राजनीतिक सन्देश अघि सारेको छ। शनिबार सम्पन्न सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा अगाडि सार्दै पार्टी पूर्ण बहुमतसहित सरकार गठन गर्ने लक्ष्यमा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको सचिव महेश बस्नेतले बताएका छन् । बैठकले सोही निर्णयअनुसार देशभरका अधिकांश […]

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलद्वारा पार्टी परित्याग

बुटवल । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेल रुपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का बासिन्दा पौडेलले पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी राजीनामा पत्र लेखेका छन् । राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा […]

देउवाले अभिभावकको भूमिका निर्वाह गर्ने अपेक्षा छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका छन् । शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् । कांग्रेसका विमती […]

सर्वोच्च अदालत जाने कांग्रेस देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए । ‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भने, ‘ हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’ नेता महतले […]

टिकट बाँड्न कांग्रेसले बनायो संसदीय बोर्ड

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ। पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ। उम्मेदवारी दर्ता माघ ६ गते छ। कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु […]