आयोगले भन्यो : राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भयो

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेको जनाएको छ। माघ ११ गते आइतबार सातै प्रदेशमा हुने मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचन आयोगका अनुसार उम्मेदवार मनोनयन, दाबी–बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणजस्ता प्रक्रिया सकिएको छ। मतपत्रसमेत सम्बन्धित प्रदेशस्थित निर्वाचन […]

देश अझै पनि संकटमा छ, दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक अझै पनि संकटमा रहेको बताएका छन् । नेकपा एमाले ओखलढुंगाका अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘देश अझै पनि संकटमा छ । दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन,’ २३ र २४ भदौका घटनाहरू उल्लेख गर्दै उनले […]

महेश्वरको उम्मेदवारी फिर्ता गराउन हरिबोललाई प्रचण्ड र माधव नेपालको लिखित निर्देशन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ बाट बागी उम्मेदवारी दिएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता गर्न विशेष निर्देशन दिएका छन् । शुक्रबार दुवै नेताले हस्ताक्षर गरेर गजुरेललाई लिखित निर्देशन दिएका हुन् । गजुरेल नेकपाको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध उठेका दाहालका प्रस्तावक […]

कांग्रेस केन्द्रीय समिति बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने सहितका ५ निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । यस्ता छन् बैठकका ५ निर्णय : (१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा […]

यी हुन् मनोनयन दर्ता गरेर नाम फिर्ता गर्ने ४९ जना

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माघ ६ गते उम्मेदवारी दर्तागरेका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । १६५ वटै निर्वाचन क्षेत्रमा माघ […]

उम्मेदवारी खारेजी विरूद्ध रेशम चौधरीले गरे सर्वोच्चमा रिट दायर

काठमाडौँ । रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । शुक्रबार उनले सर्वोचचमा रिट दायर गरेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका उनकाे निर्वाचन आयोगले बिहीबार उम्मेदवारी खारेज गरेकाे थियाे । सो रिटको माघ ११ गतेका लागि पेसी तोकिएको […]

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।

प्रतिनिधिसभा निर्वाचन : देशभर १५७ जेनजी बने उम्मेदवार, कुन दलबाट कति ?

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा जेन–जी पुस्ताको सहभागिता सिमित देखिएको छ । ठूला राजनीतिक दलहरू अझै पनि युवा नेतृत्वलाई अवसर दिन हिच्किचाएको देखिएको छ । निर्वाचन आयोगको विवरणअनुसार मंगलबार मनोनयन दर्ता गराएका कुल ३ हजार ४९० उम्मेदवारमध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जना जेन–जी उम्मेदवार छन् । उक्त संख्यामध्ये ७० जना विभिन्न राजनीतिक […]

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताएका छन् । रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा बताएका हुन् । उनले दाङदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक […]

ओलीको टिप्पणी : अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर जलाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।’ आन्दोलनको नाममा अरुको घर जलाउन […]