काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको पछिल्लो निर्वाचन विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने प्रस्थानविन्दु बन्नसक्ने टिप्पणी गरेका छन् । उनले बिहीबार फेसबुकमा आफ्नो धारणा राख्दै निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको मात्र नभई लोकतान्त्रिक आन्दोलनको गहिराइको समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् । ‘नेपालको पछिल्लो निर्वाचन परिणाम कम्युनिस्ट आन्दोलन मात्र होइन, समग्र लोकतान्त्रिक […]
राजनीति
रवि लामिछानेसहितको मुद्दा संशोधनमा भएको टिप्पणी आदेश झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको अभियोग पत्र संशोधनका लागि दिइएको निर्देशन र सोसँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको छ । महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले लामिछानेसहितको मुद्दा संशोधनमा भएको […]
सांसद आशिका तामाङले फेसबुकमार्फत दिएको ‘निर्देशन’ प्रति धादिङका स्थानीय तहको असन्तुष्टि
काठमाडौँ । धादिङका १३ वटा स्थानीय तहले बैठक गरेर संयुक्त विज्ञप्ति जारी गर्दै सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत् दिएको ‘निर्देशन’ प्रति असन्तुष्टि जनाएका छन्। धादिङ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेकी रास्वपा सांसद तामाङले ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले […]
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । अधिवक्ता श्रेष्ठले दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्चका […]
गगन थापाले सभापतिबाट राजीनामा दिएपछि बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ । तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् […]
इरानले आणविक क्षमता पुनर्निर्माण नगरेको अमेरिकी गुप्तचर निकायको खुलासा, ट्रम्पको दाबीमाथि प्रश्न
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशनालयकी निर्देशक तुलसी गब्बार्डले इरानले आफ्नो आणविक संवर्द्धन क्षमता पुनर्निर्माण नगरेको खुलासा गरेकी छिन्। बुधबार अमेरिकी सिनेटको गुप्तचर समितिलाई बुझाइएको लिखित प्रतिवेदनमा गब्बार्डले गत वर्ष अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको र त्यसलाई ब्युँताउने कुनै प्रयास नभएको उल्लेख गरेकी छिन्। यो खुलासाले राष्ट्रपति […]
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
काठमाडौँ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र […]
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
सुरक्षा प्रमुख मारिएपछि इरानले इसराइलको राजधानीमा हान्यो मिसाइल
काठमाडौँ । इरानले इसराइलको राजधानी तेल अविभमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ। मंगलबार बेलुकी तेल अविभको घना आवादी रहेको ठाउँमा इरानले मिसाइल प्रहार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस हमलालाई इरानले आफ्नो राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानीको हत्याको बदला भनेको छ। लारिजानी सोमबार इसराइलले गरेको मिसाइल आक्रमणमा मारिएका थिए। लारिजानी युद्ध सुरू […]
अभिमुखीकरण कार्यक्रममा रास्वपाका नवनिर्वाचित सांसदहरूलाई रविले के भने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई जनताको शासक होइन, सेवक बन्न उनको अपिल गरेका छन् । अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले निर्देशन दिए । ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सकभर सरकारी अस्पतालमै उपचार सेवा लिन उनले पार्टीका सांसदलाई अपिल गरे । […]











