काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणा पत्र सार्वजनिक गरेको छ। शनिबार राप्रपाले काठमाडौंमा कार्यक्रम गरी आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो। राप्रपाले आफ्नो घोषणापत्रलाई संकल्पपत्र भनेको छ। यसपालिको चुनावका लागि उसले २५ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको हो। जसमा राप्रपाले आफ्नो शासकीय स्वरूप सम्बन्धी पूर्वअडानमा परिमार्जन गरेको छ । सार्वजनिक चुनावी ‘संकल्प पत्र’मा राप्रपाले […]
राजनीति
चुनवाङमा सीता र प्रकाशसँगै बसेको कोठामा पुग्दा भक्कानिए प्रचण्ड, गुनगुनाए जनवादी गीत
रुकुम पूर्व । रुकुम पूर्वको चुनवाङस्थित भेडीडाँडामा शनिबार पुग्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक देखिए । ऐतिहासिक चुनवाङ गाउँमा उनको उपस्थितिले स्थानीय वातावरण गम्भीर र भावनात्मक बन्यो । चुनवाङलाई नेपाली राजनीतिमा सशस्त्र संघर्षबाट शान्तिपूर्ण प्रक्रियातर्फ मोडिएको महत्वपूर्ण मोडका रूपमा लिइन्छ । झण्डै तीन दशकअघि यहीँ बसेको तत्कालीन […]
कार्यभार सम्हाल्दै नयाँ चिनियाँ राजदूतले गरे २ देशको सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता
काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आइपुगेका छन् । उनले शुक्रबार नेपाल आएर आफ्नो कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै राजदूत चाङले दुई देश बिचको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । २३ औँ चिनियाँ राजदूतका रूपमा नेपाल आएका उनले ‘चीन–नेपाल साझा भविष्य’ निर्माणका लागि हात मिलाएर अघि […]
फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् । कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार […]
रूकुम पश्चिमका राप्रपा नेता कालीबहादुर खत्री कांग्रेस प्रवेश
काठमाडौँ । रूकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माले जानकारी दिएका छन्। मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा […]
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले फागुन २१ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । जसपाले आफ्नो घोषणापत्रमा हालको संविधानले निकास नदिने भन्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने बताएको छ । जसपाले शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा सङ्घीयता र प्रादेशिक संरचना निर्माण, न्याय […]
राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ, पूर्वराजा शाहलाई लिएर आउने भन्दै विमानस्थलभित्र प्रवेश
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् । उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् । समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत […]
चुनावमा ६ सिट मात्रै जितेपछि बंगलादेशको एनसिपीले भन्यो- मतगणनामा गडबडी भयो
एजेन्सी । बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ। एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेपछि स्थापना भएको पार्टी हो। आन्दोलनको नेतृत्व गरेको भए पनि निर्वाचनमा भने खराब प्रदर्शन गरेको छ। एनसिपीले ६ सिटमा मात्रै जित्ने सम्भावना देखिएको भनेर शुक्रबार बिहान बंगलादेशको सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेको थियो। द डेली […]
जेलेन्स्कीलाई जसरी बालेन र रविहरूलाई अघि सारियो : दुर्गा प्रसाईं
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा ‘डिप स्टेट’ को आधारमा नयाँ राजनीतिक शक्ति र पात्रहरू उभ्याइएको गम्भीर आरोप लगाएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, रास्वपाकै बरिष्ठ नेता बालेन शाह र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पश्चिमा शक्तिसँग […]
नेता कार्यकर्तालाई विश्वप्रकाशको आग्रह- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिस्पर्धाका नाममा दुस्मनीको खडा गरेर वा विपक्षीलाई गाली गरेर नभई कांग्रेसले अघि सारेका एजेन्डाका आधारमा चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् […]











