काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई निष्कासन गरिएको विषयमा असन्तुष्टि जनाएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेता खनालले गजुरेललाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीबाट निष्कासन गरिएको र त्यसबारे पार्टीभित्र छलफल नभएकोप्रति असन्तुष्टि जनाएका हुन्। ‘एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूल्ठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता […]
राजनीति
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य, कुन प्रदेशबाट को ?
काठमाडौँ । आज राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता निर्वाचनमा अनुपस्थित रहे। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको सम्पूर्ण ध्यान फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित छ, त्यसैले राष्ट्रिय सभा निर्वाचनमा भाग नलिइएको हो। अरू दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा […]
मधेशबाट महन्थ ठाकुर र रेखा झा बने राष्ट्रिय सभा सदस्य
काठमाडौँ । केही समय अघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत […]
सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी
धनगढी । राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् । खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे । यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी […]
रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित
दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित भएकी छिन् । झाँक्रीले ६३०३ मतभार प्राप्त गरी विजयी भएकी हुन् । नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुुनावी मैदानमा होमिएकी थिइन् । […]
राष्ट्रिय सभामा कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित
विराटनगर । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् । कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिएका थिए । तर, कांग्रेस, […]
उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश
काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका थिए । […]
राष्ट्रिय सभामा नेकपा दलको नेता बेदुराम र प्रमुख सचेतकमा गरिमा नियुक्त
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको […]
राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिम र लुम्बिनीमा सुरु भयो मतदान
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ । एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो । सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि […]
पब्लिक डिबेटका लागि तयार छौँ : केपी शर्मा ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक पब्लिक डिबेटका लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका बेला ओलीले देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा स्पष्ट हुनुपर्ने बताएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच […]











