काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ । जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ । निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको […]
राजनीति
उज्यालो नेपाल र मितेरी पार्टीका डोल्पा उम्मेदवार नै कांग्रेस प्रवेश
काठमाडौँ । उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पामा उज्यालो नेपालका उम्मेदवार रहेका दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन्। प्रवक्ता चालिसेले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी विस्ट र भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको बताए। ‘अन्य […]
नेकपामा समाहित भयो चुरे भावर पार्टी
काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच बद्री न्यौपाने नेतृत्वको उक्त पार्टी नेकपामा समाहित भएको हो । एकताका लागि नेकपाका संयोजक प्रचण्ड र चुरे भावरका न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरे । आजै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य […]
रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको पार्टीमा प्रवेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको […]
घण्टी बजाएर मात्रै केही हुँदैन, राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखियो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको बताएका छन्। उनले सोसल मिडियामा ‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भइरहेको पनि बताए। ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम […]
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो । बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट […]
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय […]
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकका मुख्य चार सम्भावित कार्यसूची छन्। बैठकमा प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलराम घर्ती मगरले सभालाई गराउने कार्यसूची छ। यसबीचमा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिनुपूर्व चार जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन्। […]
एमाले अध्यक्ष ओलीले भित्राए दुई पूर्व माओवादी
भक्तपुर । तत्कालीन नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका पूर्व अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा लामासँगै विष्णु जोशीलाई पनि पार्टी प्रवेश गराएका उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराउएका […]
मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बने : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको बताएका छन् । उम्मेदवारी मनोनयन दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशको साइनो औपचारिक मात्रै बनाएर नहुने बताएका छन् । ‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो […]











