प्रतिनिधिसभा ६ दिनका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रिन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा […]

रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान १०:०० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुने तय भएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा रसुवा बाढी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा विस्तृत […]

राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ २३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको जानकारी दिए । यसअघि आजको बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष […]

प्रतिनिधि सभा बैठक बुधबार बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएको छ। सङ्घीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन् । […]

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा […]

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेको थियो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर […]

आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा संकल्प गर्नुपर्ने र विपत्तिमा कोही एक्लो नहुने अवस्था बनाउनुपर्ने बताएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय संकटको सामना गर्न एकजुट बनौँ’ उनले भनेका छन्, ‘अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। यस्तो अवस्थामा लामो बहस […]

रसुवा बाढी : रसुवा र नुवाकोटलाई तत्काल १-१ करोड दिने सरकारको निर्णय

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत साढे दुई करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

रसुवा बाढी : सतर्क रही उद्धारमा जुट्न र सुरक्षा निकायको निर्देशन पालना गर्न प्रचण्डको अपिल

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी आएको खबरप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्। ‘नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले […]

गगन थापालाई देउवासंग भेटाइदिने दुर्लभको प्रतिक्रिया

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं पूर्व प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले  गगन थापाले सभापति शेरबहादुर देउवासँग भेट्न समय नपाएको विषयलाई लिएर सञ्चारमाध्यममार्फत भइरहेको प्रचारप्रति व्यङ्ग्य गरेका छन् । शेर बहादुर देउवा र गगन थापाबीच भेट गराउने जिम्मा आफूले लिने भन्दै भेटको समय मिलाउन आफू तयार रहेको उनले बताएका हुन् । उनले गगनलाई आफैंसँग […]