काठमाडौं । नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गरेका छन्। जेनजी आन्दोलनको सुरुदेखि समर्थन गरेको कारण युवाहरू नेकपातर्फ आकर्षित भएको उनले बताए। अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि युवालाई केन्द्रमा राखिएको बताए। उनका अनुसार जेनजी आन्दोलनपछिको […]
राजनीति
प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुग्यो एमाले
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्च अदालतमा पेस गरेको छ। मंगलबार निवर्तमान प्रमुख सचेतक महेश बर्तौलासहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापना रिट अदालतमा बुझाएका हुन्। बर्तौलाका अनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा मुख्यत: ६ वटा मागदाबी गरिएको छ । १. प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएसकेका व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन […]
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए । […]
निर्वाचन आयोगसँग नेपाल जेनजी फ्रन्टले राख्यो तीन वटा माग
काठमाडौँ । नेपाल जेनजी फ्रन्टले निर्वाचन आयोगसँग प्रवासी नेपालीहरूको मतदान सुनिश्चित गर्ने लगायतका तीन वटा माग राखेको छ। सोमबार फ्रन्टका प्रतिनिधिहरू बिनिता बोगटी, अमृता बन लगायतले निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तीन बुँदे मागपत्र बुझाएका हुन्। फ्रन्टले प्रवासी नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन माग राखेका छन्। देशभित्र एक जिल्लाबाट अर्को जिल्लामा बसोबास गरिरहेका नागरिकहरूलाई […]
संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक अहिले केहीबेरमा बस्नेछ । छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ । समिति सचिवालयका अनुसार […]
जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमात्रको गढिएर रहेको भन्दै बहिस्कार गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता […]
प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी समूह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार […]
ओली सरकारले हाम्रो आवाज थुन्यो, यो सरकारले सुन्यो : दुर्गा प्रसाईँ
काठमाडौँ। सर्वोच्च अदालतको आदेशमा आइतबार हिरासतमुक्त भएका अभियन्ता दुर्गा प्रसाईँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफ्ना आवाज थुन्ने प्रयास गरेपनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको बताएका छन्। तर, उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आज तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए । आइतबार सर्वोच्च अदालत […]
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएकाे छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ […]
बिनासूचना सुदन गुरुङ पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा, लाग्यो धम्काएको आरोप
बारा । पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको नेतृत्वको टोली पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको छ । पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । पार्टीको कामको सिलसिलामा काठमाडौँ गएको मौका छोपी कथित जेनजी […]











