काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरिएको घोषणा गरेका छन्। इरान तथा मध्यपूर्वका अन्य देशहरूबाट आएको आग्रह र दुवै पक्षबीच सम्झौताको प्रारम्भिक नमूनामा सहमति जुटेपछि हमला रोकिएको ट्रम्पले जनाएका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धपछिकै ठूलो सैन्य शक्तिसहित इरानविरुद्ध आक्रमण गर्न पूर्ण […]
राजनीति
जनकपुरमा हिन्दु धार्मिक मोर्चा र सरकारबिच सहमति जुट्यो
जनकपुरधाम । जनकपुरमा वार्तारत गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबिच सहमति जुटेको छ । विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिबार जनकपुर आएका थिए । गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति जुटेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भूदेव […]
मधेसी नेताहरूसँग प्रधानमन्त्री बालेनले भने– सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुहोला
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफूलाई संघीयता विरोधीका रुपमा सपनामा पनि नसोच्न प्रस्टीकरण दिएका हुन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई लिएर मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले […]
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा, को–कहाँ खटिए ? (सूचीसहित)
काठमाडौं । तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको हो । १० साउनका राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोलीले लागेर एक जनाको ज्यान गएको […]
हतियार बुझाएर गजाको शासन छाड्न हमास सहमत भएको ट्रम्पको दावी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजाको सशस्त्र समूह हमासले हतियार बुझाएर त्यहाँको शासन छाड्न सहमति गरेको दाबी गरेका छन्। ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत हमास र गजाका अन्य सबै सशस्त्र समूहले हतियार बिसाउन सहमति गरेको दाबी गरेका हुन्। ‘बोर्ड अफ पिसले आज हमास र गाजाका अन्य सबै सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि ऐतिहासिक सहमति गरेको छ। […]
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ […]
बालेनले ल्याए सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी विधेयक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी विधेयक ल्याएका छन् । ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३’ बिहीबार प्रतिनिधिसभामा दर्ता भएको छ । यसको उद्देश्य र कारणमा प्रधानमन्त्री बालेनले संवैधानिक निकायका पदाधिकारीहरूको सेवा सुविधालाई व्यवस्थित गर्न संवैधानिक निकायका पदाधिकारीहरू को पारिश्रमिक, सेवाको शर्त […]
सुनसरी घटनालाई लिएर संसद्मा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो
काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलका सांसदहरूले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री तथा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका हुन्। बैठकमा विशेष समय […]
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था […]
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्काे बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बिहीबार बिहान साढे ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने बताइएको छ । सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र […]











