निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेस जित्नुपर्छ: नेता रिजाल

पोखरा, २६ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताए । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उनले भने, “सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: १४ वर्ष बित्दा पनि ६० प्रतिशत मात्र काम

राँझा, २६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको […]

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको वारेन्ट

काठामडौं, २५ कार्तिक । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । प्रहरीको माग अनुसार काठमाडौ जिल्ला अदालतले उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ […]

लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा तत्काल बनाएर सार्वजनिक गर्न र पाठ्यक्रममै राख्न सरकारलाई निर्देशन

काठमाडौं, २५ कार्तिक । संघीय संसदको राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यसैगरी समितिले नयाँ नक्सालाई पाठ्यक्रमहरुमा समेत सुधार गरेर राख्न पनि निर्देशन दिएको छ । आज सोमवार सिंहदरवारमा बसेको बैठकमा व्यापक छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो । सो बैठकले […]

५७ वर्षदेखि भारतको यस्तो दादागिरी

काठमाडौं । भारतले लिम्पियाधुरादेखि लिपुलेक र कालापानीसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि एकपल्ट फेरि भारतको दादागिरीलाई लिएर बहस सुरु भएको छ। भारतले नेपालको भूभाग अतिक्रमण गर्न थालेको अहिले मात्र होइन। तर, यसको नाङ्गो रूप अहिले आएर उदाङ्गो भएको हो। सन् १८१४–१६ मा अंग्रेजसँग युद्ध हारेपछि नेपालले ठूलो क्षति बेहोर्नु परेको थियो। […]

नेपाल–भारत सीमा विषयमा सरकारले स्पष्ट पारिसकेको छ: सचिवालय बैठक

काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । “सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावासमार्फत भारतीय सरकारको ध्यानाकर्षणसमेत गराइसकिएको छ”, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीका जिज्ञासामा उनले नेकपाले नेपाल–भारत सीमा […]

पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान

भद्रपुर, २६ कात्तिक । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाएका छन । दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उनले बताईन ।  “अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर […]

नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन

काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको […]

देशभर भारतीय हस्तक्षेपको विरोध भइरहँदा उल्टोधारमा प्रचण्डले भने, ‘लिपुलेक र कालापानीको विषय अन्तराष्ट्रिय करण नगरौ’

काठमाडौं, २५ कार्तिक । भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गर्दै नेपालको पश्चिमी भागको लिपुलेक र कालापानीलाई भारततर्फ पारेपछि चौतर्फी ठूलो विरोध भइरहेको छ । धेरैले भारतले लामो समयदेखि ठूलो जमिन यसरी आफ्नो तर्फ पार्दै आइरहेकोले यसपटक यो हस्तक्षेपलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताइरहेका बेला सत्तारुढ दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय अन्तराष्ट्रियकरण गर्न नहुने […]

गणतन्त्र स्मारक: अझै भएन सञ्चालन

काठमाडौँ, २५ कात्तिक । उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गरेका थिए । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं […]