काठमाडौँ । लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी।प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन गरेको हो । आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा/समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो http://www.psc.gov.np/assets/uploads/files/Advt_Tech_Officer.pdf
राजनीति
काठमाडौंमा नेपाल र पाहुना देशका राष्ट्रपतिका फोटो जस्तै गरी नगरकोटका पोलपोलमा प्रचण्डका घरभेटीको फोटो टाँसियो
काठमाडौं, २६ कार्तिक । शैलुङ कन्स्ट्रसनका मालिक शारदा प्रसाद अधिकारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरभेटी हुन् । प्रचण्डसँगको निकट सम्बन्धकै कारण उनले ठूला ठूला ठेक्का पारेको भन्ने व्यापक चर्चाकैबीच अहिले नगरकोटका सडकमा अचम्मको दृष्य देखिने गरेको छ । राजधानीमा केही समययता उच्च तहका विदेशी पाहुना आउने […]
सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत
काठमाडौँ, २६ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा […]
पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिवद्ध: मन्त्री जम्कट्टेल
बनेपा, २६ कात्तिक । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारसँग सम्बन्धित काम संस्थागत ढङ्गले गर्ने गरी व्यवस्था मिलाएको बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय हेटौँडाले पाँच जिल्लाका पत्रकारका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म तालीम’को आज उद्घाटन गर्दै […]
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदशनील
भक्तपुर, २६ कात्तिक । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा क मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ । उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र भक्तपुर नगरपालिका–१० को एक वटा गरी १० वटा मतदानस्थल संवेदनशील रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी […]
रौतहटमा अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण
रौतहट, २६ कार्तिक । रौतहटको एक प्रहरी चौकीमा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । अज्ञात समूहले गराएको वम विष्फोटबाट ड्यूटीमा रहेका एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवाल रञ्जित यादव रहेको बताइएको छ । वम विष्फोट हुँदा उनी सेन्ट्री […]
बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आगमन
काठमाडौँ, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुगेका छन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेका थियो । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार […]
सुशासनलाई उच्च प्राथमिकताः मुख्यमन्त्री राई
विराटनगर, २६ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताए । काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उनले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य सहनशीलता अपनाएको […]
रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाका घरघरै नागरिक बडापत्र
पाल्पा, २६ कात्तिक । रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाको नागरिकका घरघरै नागरिक बडापत्र राखेको छ । सरकारी कार्यालय प्रवेशद्वार अघि नागरिक बडापत्र रहेको देखिएको भएपनि आफ्नो घरमा नै स्थानीय सरकारका सेवासम्बन्धी नागरिक बडापत्र राख्न आएपछि नागरिकले अनौठो मानेका छन् । गाउँपालिका, वडा र अन्य सरकारी सेवा प्रदायक निकायका सेवासम्बन्धी विषय नागरिक बडापत्रमा उल्लेख गरिएको […]
उपनिर्वाचन २०७६: नवलपुरमा वडाध्यक्षको उपनिर्वाचन
नवलपरासी, २६ कात्तिक । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ । तत्कालीन नेकपा एमालेबाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगरको निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा बौदीकाली गाउँपालिको मुख्य केन्द्र डेढगाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद खनालले जानकारी […]










