समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक: मन्त्री थापा

काठमाडौँ, २७ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताएका छन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अपरेसन कमाण्ड तथा नेतृत्व विकास तालीम समापन’ कार्यक्रममा उनले देशलाई कमजोर बनाउने तत्वलाई जरैदेखि फालेमात्र देश विकास हुने बताए । “सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, लागुऔषध, मानव बेचबिखन र […]

उपनिर्वाचन २०७६: उपनिर्वाचनका लागि मनोनयन दर्ता

सङ्खुवासभा, २७ कात्तिक । सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ । आसन्न मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली काङ्ग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र […]

देशमा रक्तपात बढेर आफ्नो ज्यानमाथि नै खतरा आउने देखेपछि राजिनामा दिएको मोरालेसको दावी

विपक्षी पार्टीले लामो समयदेखि लगातार हिंसात्मक प्रदर्शन गरेर विरोध जनाएपछि राजिनामा दिएर राजनीतिक शरणका लागि मेक्सिको पुगेका बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएको बताएका छन् । उनले देशमा आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएपछि मेक्सिकोमा राजनीतिक शरण लिन बाध्य भएको बताएका छन् । मेक्सिकोमा अहिलेका लागि राजनीतिक शरण लिन पुगे […]

उपनिर्वाचन २०७६: राउतको पार्टीबाट उम्मेदवारी

जलेश्वर, २७ कात्तिक । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकि छन । गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएकि सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताएका छन […]

राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट

काठमाडौँ, २७ कात्तिक । चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले आज शिष्टाचार भेट गरेका छन । भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र […]

राजनीतिको गर्भमा उम्लिरहेको लाभा

चार दिने जर्नेल सम्मेलनमा के के भयो ? प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण यस्तो छ सेनापतिको २५ पृष्ठ लामो सम्बोधन अरुले गरेको पापको भारी मैले किन बोक्ने ? सेनापतिको एक वर्ष सुधारका खाका कति कार्यान्वयन भए ? भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन जंगीअड्डाको निर्देशन जंगीअड्डातिर ढल्किएको ’चिनियाँ चस्मा’ माथिका शिर्षकहरु यो बहसको सन्दर्भमा उचित लागेर […]

बजेट विनियोजनमा भेदभावको आरोप लगाउँदै आन्दोलनको चेतावनी

लहान, २७ कात्तिक । बजेट विनियोजनमा भेदभाव गरेको भन्दै सिरहाजिल्लास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाको बिभिन्न वडाका वडाध्यक्ष तथा स्थानीयवासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष तथा स्थानीयवासीले आज गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र सबै वडामा सम्मान ढङ्गले बजेट विनियोजन नगरिए आन्दोलन उत्रिने चेतावनी […]

संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह

पोखरा, २७ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन । पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा आज आयोजित उप निर्वाचनको प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उप निर्वाचनमा काङ्ग्रेसको जीत आवश्यक भएको बताए । […]

तीनै तहका सरकारबीच समन्वय अभावले समस्या

पर्वत, २७ कात्तिक । मुुलुकमा रहेका तीनै तहका सरकारका बीचमा समन्वय नहुँदा जिल्लामा विकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समीक्षा कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको अभाव खड्किएकाले जनअपेक्षाअनुसारका काम हुननसकेको […]

उपनिर्वाचन २०७६: नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै

बनेपा, २७ कात्तिक । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताए । नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आए […]