स्थानीय जनप्रतिनिधिको कोटामा छोराछोरी विदेश भ्रमणमा पठाइयो

जुम्ला, १३ बैशाख । स्थानीय निकायका जनप्रतिनिधिको कोटामा एक नगरपालिकाका प्रमुखले आफ्ना सन्तानलाई विदेश भ्रमणमा पठाएको खुलेको छ । जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जनप्रतिनिधिको कोटामा आफ्नी छोरीलाई विदेश भ्रमणमा पठाएकी हुन् । उक्त भ्रमणमा उक्त नगरपालिकाका तर्फबाट प्रमुख र उपप्रमुख जानुपर्ने थियो । तर, प्रमुख सेजुवालले उक्त भ्रमणमा कसैलाई थाहा नदिएर गोप्य रुपमा […]

करीव ४ करोड जनसंख्या रहेको सान्सीमा फहरायो नेपाली झण्डा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।   राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा  सान्सी प्रान्तको केन्द्र सियान आएकी हुन्। यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।  त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल […]

पत्रकार महर्जन गिरफ्तारी विरूद्ध धर्ना

संविधान प्रदत्त विचार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गरेको भन्दै नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले बैसाख १२ गते बिहिबार माइतीघर मण्डलामा धर्ना पर्दशन गर्ने भएको छ । दबूको मंगलबार भएको बिषेस आकस्मिक बैठकले काठमाडौँ जिल्ला सदस्य जितेन्द्र महर्जनलाई गैरन्यायिक ढंगबाट पक्राउ गरि हिरासतमा राखेको विरूद्धमा संघर्ष अन्तर्गत दिउसो १२ बजे […]

राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार अलपत्र

काठमाडौँ । राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ । त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग […]

पार्टीमा गुट हावी भएको भन्दै योगेश भट्टराई आक्रोशित

काठमाडौं, ९ बैशाख । नेकपाका युवा नेता योगेश भटट्राईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका छन् । सोमबार घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नअप्नाइएको भन्दै गुटका आधारमा चयन गरिएको बताए । ‘जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो । तर, त्यसमा अपनाइएको विधि र प्रकृया […]

११ महिनापछि नेकपाले निकाल्यो नतिजा : पार्टी एकता कि भागबण्डा

काठमाडौं । सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। सोमबार नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरे संगै जिल्ला तहको पार्टी एकता टुंगिएको हो । आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक भए पनि नयाँ अनुहार भने पर्न सकेका छैनन् । […]

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भन्दै सरकारले लगायो एक युवकमाथि यस्तो मुद्दा

बुटवल। बुटवलस्थित जितगढी किल्लामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई प्रहरीले मुद्दा चलाएको छ । दुई सय वर्षअगाडि तत्कालीन अंग्रेजलाई पराजित गरेको अवसरमा शनिबार मनाएको जितगढी विजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीलाई घिमिरेले कालो झण्डा देखाएका थिए । शनिबार पक्राउ परेका घिमिरेलाई आइतबार म्याद थप गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय […]

नेपाली कम्युनिस्ट आन्दोलनः स्थापनादेखि नै संकीर्णता, फुट र धोकाधडीले ग्रस्त

सन १९४९ अप्रील २२ मा लेनिनको जन्मदिनको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैध्य, नारायण बिलास र मोतीदेबी (मोतीदेवी उक्त समयमा उपस्थित थिइनन पनि भनिन्छ, पार्टी गठनको छलफलमा मात्र सहभागी भएको पनि भनिएको छ) थिए। पुष्पलालले कम्युनिस्ट पार्टी घोषणा गर्ने समयतिरै कलकत्तामा केशजंग रायमाझी र […]

सरकारी जग्गा निजी बनाउन भूमाफियाको प्रभावमा मन्त्रिपरिषद्देखि अदालतसम्म

काठमाडाैं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने धन्दामा लागेका भू–माफियाले उच्च सरकारी निकायलाई प्रभावमा पार्ने गरेका छन् । स्थानीयलाई निवेदन दिन लगाएर उनीहरूले मालपोत कार्यालय, भूमिसुधार मन्त्रालय मात्र होइन, मन्त्रिपरिषद्देखि अदालतसम्मलाई प्रभावमा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएका छन् । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजान दुईपटक मन्त्रिपरिषद्बाटै उनीहरूले निर्णय गराएका छन् । माधवकुमार नेपालको मन्त्रिपरिषद्ले १६ […]

प्रधानन्यायाधीशकै आदेशमा सरकारी जग्गा व्यक्तिको नाममा भएको खुलासा

काठमाडौं । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा […]