देशभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता […]

काठमाडौंको एक अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोनाको आशंका, सबै अस्पताल भर्ना

काठमाडौँ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई […]

प्रधानमन्त्री ओलीले आफ्नो पारिश्रमिक नलिने(पूर्णपाठ सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड१९) महामारीका कारण उनले पारिश्रमिक नलिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले आज एक शुभकामना संदेश जारी गर्दै उक्त कुरा बताए । कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने उनले बताएका छन् । कोरोना भाइरसबाट प्रभावित हुने सबै […]

कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका साथीकै ज्यान

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन भएको हो । न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्रिफिङ्गको क्रममा ट्रम्पले […]

प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न विश्वस्वास्थ्य संगठनको चेतावनी, संक्रमणको पुनरावृत्ति भयानक हुनसक्ने

काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्। प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले […]

कोरोनाबाट मृत्यु हुने संख्या लाख नजिक, न्यूयोर्कमा मात्रै सात हजार बढीको मृत्यु

काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो । भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै […]

कोरोनाले नेपालमा भयानक भोकमरी आउने भन्दै कृषिमन्त्री घनश्याम भुषालले नै लेखे यस्तो पत्र

काठमाडौं, २८ चैत । नेकपाका युवा नेता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण नेपालमा भयानक भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् । यस्ताे अवस्थामा […]

संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार सूचना जारी गरेका हुन्। सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त् भएको हो। […]

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने सम्भावना

काठमाडौँ । लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ । चार बजे बस्ने भनिएको भएपनि पुनः बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए। ‘एक हप्ता थपिन सक्ने […]

जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल विषय : ध्यानाकार्षण सम्बन्धमा । महोदय, हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० […]