केन्द्रीय समितिमा ओलीको दावीः संसद विघटन ठिक थियो, चुनावमा जाने कुरा कहिल्यै गलत हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटन ठिक रहेको भन्दै बचाउ गरेका छन् । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद विघटनको बचाउ गरेका हुन् । ओलीले संसदले काम गर्न नसक्ने भएपछि विघटन गरेको भन्दै चुनावमा जाने कुरा कहिल्यै […]

एमाले केसको बैठकमा तीन प्रतिवेदन पारित, घनश्याम भुसालको फरकमत

काठामडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले […]

नेकपा एसमा ७ उपाध्यक्ष, ३०१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सात उपाध्यक्षसहित पदाधिकारीहरू चयन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको बरीयता रहेको छ । […]

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो । सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू […]

जबज कार्यक्रम हो कि सिद्धान्त: घनश्याम भूसाल (प्रस्तावको पूरा पाठसहित)

काठमाडौं, ५ असोज । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले जनताको बहुदलीय जनवाद (जबज)लाई थप व्याख्या गर्नुपर्ने प्रस्ताव गरेका छन् । १५–१७ असोजमा हुने पार्टीको विद्यान महाधिवेशनका लागि पुरक प्रस्ताव पेस गर्दै भूसालले एमालेका तत्कालिन महासचिव मदन भण्डारीले पेस गरेको जबज कार्यक्रम रहेको तर छैठौं महाधिवेशनमा सिद्धान्तको कुनै आधार नदिई सिद्धान्त भनिएको भन्दै थप व्याख्या गर्न माग […]

बागमतीमा अष्टलक्ष्मीलाई किन कुर्दै माधव नेपाल, कांग्रेस र माओवादीको पनि मुख्यमन्त्रीमा दाबी

मकवानपुर, ५ असोज । नेकपा एमालेको एकल बहुमत कायम रहेको बखत २ भदौमा बागमती प्रदेशमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य १३ जना सांसदले एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा छिन् । मुख्यमन्त्री शाक्यले २२ असोजभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सरकार परिवर्तनका लागि तयारी अवस्थामा रहेको माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले शाक्यलाई विश्वासको मत लिनका लागि […]

‘ जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्न आवश्यक भएको ठोकुवा गरेका छन । महासचिव विप्लवले यहि राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन । महासचिव विप्लवद्वारा आज […]

सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा ६ वटा कार्यसूची पेस हुने

काठमाडौं, असोज । सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छवटा कार्यसूची रहेको जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने […]

निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन ७ र ८ माघमा

काठमाडौं, ३ असोज । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले आगामी ७-८ माघमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा २ असोजमा सम्पन्न बैठकले ११औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको […]

कांग्रेस नेता शेखर कोइरालाको दावीः देउवा सरकार अलोकतान्त्रिक

विराटनगर, २ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार […]