‘ जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्न आवश्यक भएको ठोकुवा गरेका छन । महासचिव विप्लवले यहि राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन ।
महासचिव विप्लवद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ – ‘नेपाली जनताको आकाङ्क्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन सक्दैन । केहि निश्चित नेताहरूको स्वार्थको मोलतोल र सहमतिमा जवरजस्ती थोपरीएको यो संविधान आम नेपाली जनताका लागि स्वीकार्य छैन । वर्तमान संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायद्वारा सञ्चालित सङ्घर्षहरूप्रति हाम्रो समर्थन रहेको छ ।’

 

प्रतिक्रियाहरु

Loading...