भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    भक्तपुर –  भक्तपुर सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता विकास तालिम आयोजना गरेको जनाए । ’कोही पनि व्यक्ति सबै क्षेत्रमा निपूर्ण हुँदैनन् । क्रमिक रूपमा आवश्यकता बमोजिम क्षमता विकास गर्दै लानुपर्छ ।’ अध्यक्ष खर्बुजाको भनाइ छ । तालिम कार्यक्रमले सार्वजनिक रूपमा बोल्न नसक्ने प्रशिक्षार्थीहरूको सिलसिला मिलाएर बोल्ने शैलीको विकास भएको बताए ।
भदौ चौंथो हप्तादेखि भुलांचास्थित संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रमलाई एक समारोहकाबीच शुक्रबार समापन गरिएको छ । सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको तालिम कार्यक्रमलाई ईन्दिरा प्रजापतिले संयोजन गरेकी हुन् । क्षमता अभिवृद्धि तालिम कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक सहभागिता थियो ।
२०६६ सालमा स्थापना भएको संस्थाले वित्तीय सुशासनलाई ध्यान दिँदै सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको छ । देशमा कोभिड– १९ को महामारी फैलिएको बखत भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट र स्वास्थ्य क्षेत्र विकास गर्न आह्वान गरेको कोषमा संस्थाले रू एक लाख नगद सहयोग गरेको थियो । जिल्लाकै उत्कृष्ट दस सहकारीहरूको सुचीमा सुचिकृत गराउन सफल भएको संस्थाले आ. व. २०७७÷०७८ मा ५६ करोड रूपियाँको कारोवार गरेको छ ।

Loading...