सत्तारुढ नेकपाका अर्का नेता पनि बलात्कार काण्डमा पुर्पक्षका लागि जेल पठाइए

काठमाडौं, ६ मंसिर । बलात्कार आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राईलाई नियन्त्रणमा […]

ओलीको राष्ट्रवाद कालापानी पुगेर समर्पणवादमा; देउवा

पोखरा, ६ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संसदबाट पारित हुन नदिने बताएका छन् । सहमति र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै देउवाले सरकारले जवरजस्ती गरे सडकमासमेत जाने जनाए । सहमतिको बाटो बन्द गरेर सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन ल्याउन लागेको भन्दै उनले आक्रोश व्यक्त […]

निर्वतमान सभामुख महराको मुद्दा उच्च अदालतमा

काठमाडौँ, ६ मंसिर । यौन दुब्र्यवहारको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णवहादुर महराले जिल्ला अदालतको आदेशका विरुद्धमा उच्च अदालतमा दर्ता गराएको निवेदन आज इजालसमा पेश हुँदैछ । काठमाडौं जिल्ला अदालतले महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । त्यसपछि महरा डिल्लीवजार कारागारको थुनामा छन् । उनले आफना् कानुन ब्यवसायीमार्फत बिहिबार जिल्ला अदालतको […]

रुसी राष्ट्रपति भ्लादमिर पुटिन नेपाल आउने पक्का भयो

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।  पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको […]

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए

काठमाडौं ५ मंसिर । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएका छन् । आफ्नो स्थानमा रामेश्वर राय यादवले पदभार ग्रहण गरेपछि विष्ट बिहीबार ट्याक्सी चढेर निवासतर्फ लागेका हुन्। प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए। सामाजिक सञ्जालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै […]

मतदातालाई आफ्नो पक्षमा पार्न गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोक्यो

वीरगञ्ज ५ मंसिर। उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी–५ मा समाजवादीले गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । यहाँ मंसिर १४ मा वडाअध्यक्ष पदको उपनिर्वाचन हुँदै छ । उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन भोजभतेरमा रोक लगाइएको सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतले बताए। समाजवादीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेन्ट गाडेर भोजभतेरको […]

एमालेमा भब्य सफल गोकर्ण र लालबाबुलाई असफलताको ट्याग

काठमाडौं ५ मंसिर । तत्कालिन एमालेमा गोकर्ण बिष्ट र लालबाबु पण्डित मन्त्री बनेपछि चर्चित र सफल बनेका थिए । तर वर्तमान नेकपाको सरकारमा उनीहरुलाई असफलताको ट्याग लागेको छ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा बिष्ट उर्जामन्त्री थिए । उनले उर्जामन्त्रालय र बिद्युत प्राधिकरणलाई सिस्टममा मात्र ल्याएनन्, लोड्सेडिड पनि घटाएका थिए । तत्कालितरुपमा उनले गरेको काम निकै […]

नवनियुक्त ६ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, ५मंसिर । नवनियुक्त ६ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज […]

वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल ? प्रधानमन्त्री ज्यु

काठमाडौँ ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । तर,सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्। भने, नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको निरन्तरतामा प्रश्न गरेका छन्। […]

विहान ११ बजे नवनियुक्त मन्त्रीको सपथ

काठमाडौं ५ मंसिर । सरकारका काम चुस्त दुरुस्त बनाउनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन । उनले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेर मन्त्रीमण्डल हेरफेर गरेका हुन । राष्ट्रपति कार्यालयले हिजो साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रेस […]