रौतहट, ९ असोज । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ । कांग्रेसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजका ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले जनाएको छ । परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना […]
मुख्य समाचार
विवाद बढ्दै गएपछि साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त गरिए
काठमाडाै, ९ असोज । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए । विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा नियुक्त शर्मालाई सञ्चालक समितिले […]
वैदेशिक रोजगारीको नाममा नेपालबाट हुने ठूलो मानव तस्करी रोक्न माग
काठमाडौँ, ९ असोज । वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीलाई नियन्त्रण गर्न विद्यमान कानूनमा कमजोरी देखिएकाले ती कानूनमा संशोधनको आवश्यकता रहेकोमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालसँगको सहकार्यमा आज आयोजना गरेको ‘वैदेशिक रोजगार तथा बेचबिखनसम्बन्धी कानूनको परिमार्जन सन्दर्भमा श्रमका लागि हुने बेचबिखनका सरोकारहरु’ […]
नेपाल तस्करीको हब बन्यो, फेरि पक्राउ परे करोडौको सामानसहित दुई विदेशी तस्कर
काठमाडौँ, ९ असोज । लागुऔषध कोकिनसहित एक बोलिभियन र एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पासपोर्ट नं ए ९६२२३१ वाहक २७ वर्षीय बोलिभियन नागरिक अधेमर एनेज्लोपेज र पासपोर्ट नं एच ३७९१७५० बाहक ५९ वर्षीया भारतीय महिला कमर जहनलाई दुई किलो ७०० ग्राम कोकिनसहित शनिबार साँझ ठमेलको एक होटलबाट लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले […]
अख्तियारलाई चाडपर्वको चिन्ता
काठमाडौँ, ९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको […]
एक दसकभित्रै नेपालमा साम्यवाद आउने प्रचण्डको दावी
कोहलपुर, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक दसकभित्रै नेपालमा साम्यवाद स्थापित हुने दावी गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित माओवादी एक कार्यक्रममा बोल्दै प्रचण्डले अब १० वर्षभित्रै नेपालमा साम्यवाद स्थापना हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित […]
अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी
काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ । […]
हवाई इन्धनको मौज्दात सकिने अवस्थामा । थप आयात गर्न समस्या
काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]
बाढीमा परेर ‘मयूरे’ केटाको मृत्यु
चितवन, ८ असोज । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षित दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटो) मरेको छ । बाढीका कारण रोग लागेर मयूरे नामको गैँडाको केटो मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । गत साउन २८ गतेको बाढीमा डुबेपछि रोग लागेर मयूरे मरेको उनले बताए । […]
सरकारको नीतिप्रति पत्रकार महासंघले जनायो आपत्ती
काठमाडौँ, ८ असोज । नेपाल पत्रकार महासङ्घले एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्न भनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहबाट जारी हुने एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४ को ‘नमूना कार्यविधि’ मन्त्रालयको वेबसाइटमा प्रकाशन गरेकामा आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै सरकारले […]











