भक्तपुर, ७ साउन । जिब्रो छेड्ने जात्रा भन्नेबित्तिकै बिस्केट जात्राका अवसरमा वैशाख २ गते मध्यपुरथिमिको बोडेमा सञ्चालन हुने जिब्रो छेड्ने जात्राको सम्झना आउँछ । धेरैलाई मध्यपुरथिमिमा नै इन्द्र जात्राको भोलिपल्ट पनि जिब्रो छेड्ने जात्रा हुन्छ भन्ने जानकारी छैन । किनकी मध्यपुर थिमिमा इन्द्रजात्राको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्राले नियमितता नपाएको ११ वर्ष भइसकेको छ । […]
मुख्य समाचार
फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा
धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । […]
नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो
चितवन, ७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा आज अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताउनुभयो । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो […]
गृहमन्त्री जनार्दनले अब बौद्धिक सम्पत्तिको चोरी गर्नेलाई कारवाही गर्ने
काठमाडौँ, ७ साउन । गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले आज आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’ को शुभारम्भ गर्दै मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पु¥याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त […]
जनयुद्धमा बगेको रगतलाई रजस्वाला बराबर भन्ने काजी र किराँतीबीच घम्साघम्सी
काठमाडौं, ७ साउन । माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक पहिलो र दोस्रो चरण चुनावको समिक्षा गर्ने र तेस्रो चरणको तयारी गर्न बोलाइएको थियो । तर, बैठकको विषयान्तर भएको छ । देशभरबाट नेताहरु पेरिसडाँडामा जम्मा भएको बेला पार्टीभित्रको असन्तुष्टी र अन्तरविरोध छताछुल्ल भएको छ । यही मौकाको फाइदा लिँदै नेताहरुमात्र होइन माके […]
ओलाङचुङ्गोला हुँदै चीनसँग जोडियो नेपालको सडक सञ्जाल
ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् […]
देउवा सरकारले देशको नाम फेर्न थालेपछि सांसदहरु उत्रिए विरोधमा
काठमाडौं, ७ साउन । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको नाम नै फेर्न थालेको भन्दै सांसदहरु विरोधमा उत्रिएका छन् । सरकारले आम नेपाली नागरिकका लागि जारी गर्न थालेको राष्ट्रिय परिचय पत्रमा देशको नाम फेरेपछि सांसदहरुले यस्तो विरोध जनाएका हुन् । ठूलो महत्वकांक्षाका साथ सरकारले नागरिकलाई स्मार्ट डिजिटल कार्ड जारी गर्न थालेको छ । सोही परिचय पत्रमा […]
पूर्वाञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी
काठमाडौं, ७ साउन । अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आफ्नो ९ बुँदे मागप्रति विश्वविद्यालय गम्भीर नभएको भन्दै शुक्रबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीले विश्वविद्यालयमा देखिएको विकृति विसंगती, गैरजिम्मेवारपूर्ण कार्य समाधानको माग गर्दै साउन १ गते ९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो […]
दलितलाई प्रेम गरेको भन्दै छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा
बुटवल, ७ साउन । छोरीले अन्तरजातीय प्रेम गरेको भन्दै कुटपिट गर्ने बाबुविरुद्ध मुद्दा दायर भएको छ । घटनामा संलग्न अरु चारविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । रुपन्देहीको मर्चवारका इन्नर यादव, उनका परिवार र छिमेकीले मीना यादव नामक युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मात्र प्रहरीले […]
कुनै खेल नजिती फर्कियो नेपाली यू–२३ टिम
काठमाडौं, ५ साउन । नेपाली फुटबल प्रेमीलाई निरास हुने गरी नेपाली टीमले हार खाएको छ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् […]